धरान / यहाँको बिपी कोइरालास्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एकै दिन आज तीन जना सङ्क्रमितको मृत्यु भएको छ । दुई घण्टाको फरकमा तीन सङ्क्रमितको ज्यान गएको छ ।
मोरङ मिक्लाजुङ२ का ७५ बर्षीय पुरुष, सिराहा गोल बजार– ६ का २९ बर्षीय युवा र सुनसरीका धरान–३ की ५३ बर्षीय महिलाको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका सहप्रवक्ता डा चुडामणी पोखरेलका अनुसार ७५ बर्षीय पुरुषको आज दिउसो १ः५ बजे मृत्यु भएको थियो । कोरोना पोजेटिभ भई यही २२गते प्रतिष्ठान भर्ना गरिएको थियो । ५३ बर्षीया महिलाको १ः३८ बजे मृत्यु भएको थियो । उच्च रक्तचापकी विरामी उनलाई मङ्गलबार कोराना सङ्क्रमण देखिएको थियो ।
यस्तै २९ बर्षीय युवालाई यही १२ गते कोरोना देखिए पछि सोही दिन प्रतिष्ठानमा भर्ना गरिएको थियो । उनको विहान ११ः१५ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उनीहरुको शव व्यवस्थापनको काम भइरहेको प्रतिष्ठानले जनाएको छ ।