धरान / धरान वडा नं. १४ निवासी पूर्व प्रधानपञ्च एवं समाजसेवी इन्द्रप्रसाद श्रेष्ठको निधनमा उपमहानगरपालिकाले आज शोक विदा दिएको छ । श्रेष्ठको ८० वर्षको उमेरमा हिजो उपचारको क्रममा काठमाडौंको ग्राण्डी अस्पतालमा निधन भएको थियो । उहाँको श्रीमतीको दश दिन अघिमात्र निधन भएको थियो । श्रेष्ठ महेन्द्र बहुमुखी क्याम्पस धरानका पूर्व प्राध्यापक पनि हुनुहुन्थ्यो । हाल नेपाली कांग्रेस सुनसरीका सल्लाहकार पनि हुनुहुन्थ्यो । श्रेष्ठकै अध्यक्षतामा कोरोना महामारीको (बन्दाबन्दीको बेला) समयमा धरानका सडक आश्रित मानिसहरुलाई धरान ८ स्थित लाङ्गाली सामुदायिक वनको भवनमा तीन महिनासम्म निःशुल्क खाना समेत खुवाइएको थियो ।
उहाँ तत्कालिन धरान नगर पञ्चायतको २०३० सालदेखि २०३७ सालसम्म जनप्रतिनीधीको रुपमा काम गर्नु भएको थियो ।
उहाँको निधनमा आज धरान उपमहानगरपाले शोक विदा दिने निर्णय गरेको वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिनुभयो ।