धरान / धरास्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्ना कर्मचारी, चिकित्सक तथा विद्यार्थीहरुलाई अत्यावश्यक सेवाबाहेक कुनै पनि प्रकारको सामुहिक बैठक, तालिम एवं भेटघाटहरु नगर्न उपकुपति प्राडा ज्ञानेन्द्रगिरीले निर्देशन जारी गर्नु भएको छ ।
पछिल्लो समय कोरोना सङ्क्रमण तिव्र रुपमा फैलिएको भन्दैं डा गिरीले बुधबार एक परिपत्र जारी गर्दै यस्तो निर्देशन दिनु भएको हो । प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मीहरु पनि संक्रमित हुनेक्रम बढेको कुरालाई मध्यनजर गरेर सबै सचेत हुन आग्रह गरिएको छ । सभा, सम्मेलन, गोष्ठी, बैठक, तालिम, सेमिनार, समिक्षा बैठकलगायत क्रियाकलापहरु भर्चुअल माध्यमबाट मात्र गराउन परिपत्रमा भनिएको छ । यस्तै, पदाधिकारीहरुसँग र अन्यसँग पनि सामुहिक बैठक, भेटघाट कार्यक्रमहरु नगर्न पनि निर्देशन दिइएको प्रतिष्ठानकाे सूचना विभागले जनाएको छ ।

Notice_Circular - 2078-01-22