धरान / यहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक जना सङ्क्रमितको आज विहान मृत्यु भएको छ । उदयपुरका ७० बर्षीय एक पुरुषको आज विहान १ बजे उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणी पोखरेलका अनुसार उनलाई यही बैशाख १७ गते प्रतिष्ठानको कोभिड अस्पताल भर्ना गरिएको थियो । उपचारको क्रममा विहानै उनको मृत्यु भएको हो । नियम अनुसार शवको व्यवस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ । योसँगै पछिल्लो समय कोरोनाले प्रतिष्ठानमा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ ।