काठमाडौं  / सरकारले प्रदेश न‌ं १ काे प्रमुखमा प्राडा गाेविन्द सुब्वालाई नियुक्ति गरेकाे छ ।  अाजकाे मन्त्रिपरिषद् बैठकले उनलाई  नियुक्ति गर्ने निर्णय गरेकाे हाे । 

प्रदेश प्रमुखमा कांग्रेस र मधेसवादी दुई दलले भागवण्डा गरेका थिए । गोविन्द सुब्बा कांग्रेसका पुराना नेता हुन् । उनी २०५२ साल अघि महेन्द्र बहुमुखी क्याम्पसमा कार्यरत थिए । यस्तै २ मा उमाकान्त झा, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा रत्नेश्वर लाल कायस्थ, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख बनाउने तयारी छ । उमाकान्त झा पूर्व प्रशासक एवं खिलराज रेग्मी सरकारका मन्त्री हुन् । उनी राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरका सम्धी पनि हुन् ।

अनुराधा कोइराला माइती नेपालकी अध्यक्ष हुन् भने बाबुराम कुँवर पूर्वमहान्यायाधिवक्ता हुन् । यस्तै दुर्गाकेशर खनाल कांग्रेसका पुराना नेता हुन् । मोहनराज मल्ल पूर्वराष्ट्रिय पञ्चायत सदस्य हुन् ।