धरान / धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररर्थ सप्तरीका एक सङ्क्रमितको आज विहान मृत्यु भएको छ ।
सप्तकोसी नगरपालिकस्थित श्री रास्ट्रिय माबिमा कार्यरत कार्यरत एक शिक्षकको मृत्यु भएको हो । उहाँलाई यही १३ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उच्च रक्तचापका विरामी उहाँको विहान ५ः१५ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणी पोखरेलले जानकारी दिनु भयो । बैशाख महिनामा हालसम्म प्रतिष्ठानमा १० जनाको ज्यान गएको प्रतिष्ठानले जनाएको छ ।