धरान /धरान १९ चौकिवारी निवासी पूर्व वृटिस गोर्खा आर्मी समाजसेवी केवलवहादुर सेरेङ चोङवाङ लिम्वुले उहाँको श्रीमति स्व. आइतमाया सेरेङ चोङवाङ लिम्वु र परिवारको तर्फवाट सेरेङ चोङबाङ संस्थाको भवनमा छत(ट्रस्ट) निर्माण गरिदिनु भएको छ ।

आफ्नो वुवा श्यामवहादुर सेरेङ चोङवाङ, आमा विर्खमति सेरेङ चोङवाङ तवेवुङ, ससुरा दलवहादुर आङवाङ, सासु जयरानी आङवाङ मुदेन्छोङ सावा, माइली छोरी रमिता सेरेङ चोङवाङ र नातिनि सुम्निमा वान्तावा राईको स्मृतीमा संस्थालाई शुक्रबार छत निर्माण गरिदिनुभएको छ ।20210430_121213 (1)

निर्माण गरिएको छतको उद्घाटन तथा हस्तान्तरण कार्यक्रमका सभाध्यक्ष सेरेङ चोङवाङ संस्था सुनसरीका अध्यक्ष गजेन्द्र सेरेङ चोङवाङ लिम्वु र सहयोग दाता केवलवहादुर सेरेङ चोङवाङले संयुक्त रुपमा छतको शिलालेख उद्घाटन गरिएको थियो।

धरान ८ सिदार्थ मार्ग स्थित भवनको छत निर्माण तीन लाख रुपैयामा संपन्न भएको संस्थाका अध्यक्ष गजेन्द्र लिम्वुले जानकारी दिनु भयो ।

कार्यक्रममा वोल्ने क्रममा कार्यक्रमका विशेष अतिथि नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले रचनात्मक कार्यको लागि केवलवहादुर परिवारलाई धन्यवाद दिनु भयो ।

पूर्व व्रिटिस गोर्खा सैनिकसमेत रहेका केवलवहादुर सेरेङले आप्mनो जातिय संस्थासँग समस्यमा परेका असहाय तथा विभिन्न क्षेत्रमा सहयोग गर्दै आउनु भएको छ ।

20210430_121302 (1) तस्विरः विकास चाम्लिङ राई