धरान / कोरोना महामारीको दोश्रो लहर झनै भयावह अवस्थाले आइरहेको सन्दर्भमा धरान ख्रिस्टियन समाज र धरान पास्टर अगुवा संघले धरान भित्र रहेका चर्चका पूजाआराधना हाललाई स्थगन गर्ने निर्णय गरेका छन् ।
कोभिड १९ का कारण सरकारले २०७६ चैत्र ११ गते लकडाउन गरे सँगै धरानलगायत देशभरिका चर्चहरु लामो समय बन्द रहेर केहि समय अघिदेखि मात्र सामान्य अवस्थामा फर्केको थियो । तर अवस्था झन भयाभव हुने देखिए पछि भभबन्द गर्ने निर्णय गरिएको हो ।
संघीय सरकार र धरान उपमहानगरपालिकाले पनि बैशाख १३ जारी गरेको सूचना अनुसार मठ मन्दिर, गुम्बा , मस्जिद, चर्च लगायत सम्पूर्ण धार्मिक स्थलको दैनिक नित्य पूजा पाठ बाहेक सबै आवतजावतमा रोक लगाएको हुदा अझ चर्चहरुमा प्रत्येक साप्ताहिक पूजाआराधनामा ठूलो समूह भेलाहुनेहुँदा जोखिम बढ़न सक्नेभएकोले सो निर्णय गरिएको संघका अध्यक्ष डा. जीवनदीप लिम्बुले बताउनुभयो तर स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरेर १० जनासम्मको सभेला भई सामान्य गतिविधीगर्न भने रोक नलगाईएको समाजका अध्यक्ष सामूयल राईले बताउनुभयो ।
अध्यक्ष राईका अनुसार स्थानीय सरकारसँग समन्वय गरि धरान ख्रिस्टियन समाज र पास्टर तथा अगुवा संघको संयुक्त पहल र स्थानीय चर्चको अनुरोधमा धरानका बिभिन्न चोक र स्थानमा कोरोना महामारी सम्बन्धी जिंगलसहितसचेतनामुलक आवश्यक जानकारी सहित मास्क र सेनिटाईजर वितरण गर्ने निर्णय भएको छ ।
महामारीबाट आफू सुरक्षित हुदै अरुलाई पनि सुरक्षित रहन अपिल गर्नुपर्छ अनुग्रह चर्चका धर्मगुरू पर्शु गुरुङले भन्नुभयो । गत वर्षको पहिलो लकडाउनमा आर्थिक अवस्था कमजोर भएका र दैनिक ज्यालादारी धेरै मजदूरहरूका बिच राहत वितरण गरिएको तर यसपटक भने राहतको कार्यक्रम नरहेको यधपि आवश्यक परे तयार रहने एलोहिम चर्चका धर्मगुरु मनी गरूङले जानकारी दिनुभयो ।

करिव २० हजार यसाईहरुको जनसङ्खा भएको धरानमा ७५ वटा भन्दा बढी चर्च रहेका छन् ।
चाइना, इटाली, कोरियालगायत मुलुकमा विगतमा चर्चमा सहभागीहरुबाट कोरोना फैलिएको कुरालाई मध्यनजर गरेर ठूला भीडभाड हुने गतिविधी बन्द गरिएको इसाई समाजले जनाएको छ ।IMG_0601