धरान / यहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुइ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
सोमबार एकै दिन मोरङ र जनकपुरका दुई विरामीको मृत्यु भएको हो । विराटनगर–१२.का ७५ बर्षीय वृद्धलाई यही बैशाख ४गते अस्पताल भर्ना गरिएको थियो । उच्च रक्तचापका विरामी उहाँको उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणी पोखरेलले जानकारी दिनु भयो ।
डा. पोखरेलका अनुसार यस अघि धनुषा जनकपुरधाम–८ का ४८ बर्षीय पुरुषको मृत्यु भएको थियो । उहाँलाई यही ९ गते अस्पतालन भर्ना गरिएको थियो । उहाँ पनि उच्च रक्तचापको विरामी रहनु भएको थियो । दुईका शव स्वास्थ्य मापदण्ड अनुसार व्यवस्थापन गरिएको छ ।
प्रतिष्ठान पछिल्लो समय मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । हालसम्म १२५ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको डा. पोखरेलले जानकारी  दिनुभयाे ।