पाँचथर / नेपाल कम्युनिष्ट पार्टी (एमाले)माधव नेपाल समुहको युवा संघ नेपाल पाँचथरको इञ्चार्ज तोकिएको छ ।
इञ्चार्जमा प्रेम प्रकाश कुरुम्बाङलाई जिम्मेवारी तोकिएको हो । यस्तै संघको माथिल्लो तह देखि स्थानीय तह सम्मको जिम्मेवारी तोकिएसंगै युवा संघको केन्द्रीय सदस्यहरुको जिम्मेवारी पनि बाँडफाँड गरिएको छ ।
संघको सह–इन्चार्जमा लजिसा नेम्बाङ र स्थायी कमिटी सदस्यमा शिव थाम्सुहाङ्गलाई जिम्मेवारी दिएको छ ।