धरान / धरान उपमहानगरपालिकाले दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्नेहरुलाई पूर्जा वितरणका लगत संकलन कार्य शुरु गरेको छ ।

धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईको संयोजत्वमा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान, लगत संकलन प्रमाणिकरण गर्ने उद्देश्यले गठित भूमि सम्बन्धी समस्या समाधान स्थानीय सहजिकरणको दोस्रो बैठकले आइतबारदेखि लागत सङ्कलन गर्ने निर्णय गरेको थियो ।
आइतबार वडा नं. १५ बाट फारम वितरण कार्य शुरु गरिएको छ । झण्डै २० हजार जनसङ्सख्या भएको १५ नंं वडामा एक हजार १६० जना भूमीहिनको नाम सङ्कलन गएिको छ । मेयर तिलक राईले वडाध्यक्ष नरेश इवरामलाई फारम हस्तान्तर गरेर लागत सङ्कलन शुर गरिएको थियो ।

178365741_880332745865418_2826760755792835301_n लगत संलकन इकाईका संयोजक वेदप्रसाद सापकोटाका अनुसार आइतबारदेखि धरानको २० वटै वडा कार्यालय मार्फत फारम वितरण र फारम भराउने कार्य सुरु गरिएको बताउनु भयो । १५, १३, ११, १६ र १७ नंं वडामा आइतबार नै मेयर राईले उद्घाटन गर्नु भएको छ । लगत संकलनका लागि ३६ जना कर्मचारी खटाइएको मेयरराईले जानकारी दिनु भयो । भूमी व्यवस्थापन आयोगमार्फत हाल धरानमा लगत संकलनको लागि १४ हजार ५ सय घरधुरीले नाम टिपाएका छन् । लगत संकलन भएपछि कम्प्युटरमा इन्ट्री गरिनेछ । त्यसपछि जग्गाको नाप जाँचलगायत कार्यका लागि अमिन र शुपरिवेक्षक खटिने मेयर राईले जानकारी दिनु भयो ।178368885_365923771462983_1135362942124484523_n
विगत ३४ बर्ष पछि धरानमा सुकुम्वासीहरुले आफू बसोवास गरेको जग्गाको प्रमाण् पत्र पाउन लागेको वडाध्यक्ष इवरामले बताउनु भयो । लगत सङ्कलनमा यो दल त्यो दलको कार्यकर्ता भन्दा पनि बास्ताविक भूमिहिनको पचिान गरि उनीहरुलाई न्याय दिन उपमहानगर प्रतिवद्ध रहेको उहाँको भनाई थियो ।
यो बर्ष सरकारले शक्तिशाली आयोग बनाएकाले यो आयाेगले भूमीहिनका लागि काम गर्ने भएकाले सबै ढुक्क भएर बस्न मेयर राईले वडावासीलाई आग्रह गर्नु भयो ।
सरकारले भूुमिहीन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबास भएकाहरुलाई पूर्जा उपलब्ध गराउन प्रक्रिया अघि बढाएको छ ।177538251_1128837027611736_650285258737124738_n

सहजिकरण समितिमा नगर प्रमुख तिलक संयोजक, उपप्रमुख मञ्जु भण्डारी उपसंयोजक, प्रमुख प्रशासकिय अधिकृत विदुरप्रसाद खनाल सदस्य सचिव छन् भने राजनीतिक दलको तर्फबाट सदस्यहरुमा नेकपा एमालेका राजमणी निरौला, नेकपा एमालेका प्रतिनिधि हर्कजङ एभेङ, माओवादी केन्द्रका प्रतिनिधि सुदर्शन श्रेष्ठ, नेपाली कांग्रेसका प्रतिनिधि नरसिंह राई, जनता समाजवादी पार्टीका प्रतिनिधि ताजुब लिम्बु, कार्यपालिका सदस्य हिरादेवी राई, कार्यपालिका सदस्य कल्पना थापा मगर, नेपाल बसोबास बस्ती संरक्षण समाज धरानका सचिव सुबास राई र समाजसेवी पञ्चकला राई सदस्य रहनु भएको छ ।175899943_456952322033107_3898277733175780138_n 178337840_5338376532903049_3001181624105508555_n