धरान / अस्पताल भित्र स्वच्छ खानेकुरा पाइन्छ, सबे सचेत हुनछन्, प्रशासनले पनि कडाई गर्छ भन्ने विश्वास गरिनछ तर धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र सञ्चालित मेस तथा क्यान्टिनमा म्याद गुज्रेको, गुण्स्तरिहिन खाद्य सामाग्री विक्रि वितरण हुने गरेको छ । आफुले अनुमति दिएको होटल, क्यान्टिन तथा पसलहरुले कस्तो सामान बेच्छन् भन्ने हेर्ने फुर्सद बिपीका पदाधिकारी कर्मचारीहरुलाई छैन् ।
झण्डै१०हजार जनजंख्यामा प्रतिष्ठान हाताभित्र कर्मचारी चिकित्सक र उनीहरुको परिवार बस्दैं आएका छन् । आफै डाक्टर भए पनि उनीहरुको स्वास्थ्य भने सुरििक्षत छैन् ।

प्रतिष्ठानको मेस र क्यान्टिनहरुमा सरकारी निकायले अनुगमन गर्दायस्तो स्थिति भेटिएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय इनरुवाका प्रमुख काशीनाथ घिमिरेको नेतृत्वमा बिहिबार मेसको अनुगमन गरिएको थियो । धरान उपमहानगरपालिकाका अनुगमन अधिकृत वेदप्रसाद सापकोटाका अनुसार जिल्ला प्रशासनमा मेस तथा क्यान्टिनविरुद्ध उजुरी परेको थियो । खानामा सोडा हाल्ने, रंग हाल्ने, खाना गुणस्तरीय नभएको लगायतको उजुरीको आधारमा अनुगमन भएको उहाँले जानकारी दिनु भयो । उजुरी अनुसारको कमजोरी फेला परेको उहाँले बताउनु भयो ।

अनुगमनको क्रममा म्याद गुज्रिएको सामान, म्याद र मुल्य सुची स्पष्ट नभएको सामानहरु नष्ट गरिएको अनुगमन टोलीले जानकारी दिएको छ । साथै, मेसलाई सुधार गर्न र गुणस्तरीय खाना खुवाउन सुझाव तथा निर्देशन दिएको पनि अधिकृत सापकोटाले जानकारी दिनु भयो ।
५ वटा कयान्टिन तथा होटलहरुमा अनुगमन गर्दा खानामा रंग हाल्ने, सोडा हाल्ने, खाना गुणस्तरीय नभएको पाइएको एक अनुगमनमा सहभागीले बताउनु भयो । उनीहरुलाई सचेत गरार छाडिएको छ ,।