धरान / धरानमा छायांकन गरिएको रचनाकार अमर वान्तुको नयाँ गीत ‘गर्मी भयो धरान’ भिडियो शनिवार औपचारीक रुपमा सार्वजनिक गरिएको छ ।
नायक पल शाह, साहारा राई र सशी राईको अभिनय रहेको म्युजिक भिडियोमा सत्यराज आचार्य र मेलिना राईको आवाज रहेको छ । दिनेश बान्तवाको संगीत रहेको म्युजिक भिडियो ओएस आर डिजिटलको अफिसिय च्यानल मार्फत सार्वजनिक गरिएको हो । यस अघि म्युजिक भिडियोको टे्रलर मात्र सार्वजननिक गरिएको थियो ।
भुमिसा प्रोडक्सनले निर्माण गरेको भिडियोको निर्देशन जनकदिप पराजुली, छायांकन सागर प्रधान र भिडियोको सम्पादन धुर्बराज पराजुली ‘प्रज्वलित’ ले गरेका हुन । म्युजिक भिडियो भने धरानकी नृत्य निर्देशक मनिता राईले कोरियोग्राफी गरेका छन ।
धरानलाई वेस वनाएर रचना गरिएको गीतको शब्द अनुसार नै म्युजिक भिडियोको छायांकन धरानमा गरिएको भुमिसा प्रोड्क्सनका प्रमुख ज्योतिराज राईले जनाउनु भयो । उत्कृष्ट वनेको म्युजिक भिडियोमा अभिनेता पल शाहलाई अन्य भिडियोमा भन्दा फरक रुपमा प्रस्तुत गरिएको राईले वताउनुभयो । केही दिन अघि मात्र सार्वजनिक गरिएको टिजरलाई भने दर्शकले रुचाएका छन ।
रचनाकार अमर वान्तुले अहिलेसम्म दुई दर्जन भन्दा वढि गित रचना गरिसकेका छन । यस अघि उहाँले रचेका पन्द्र वटा गितको म्युजिक भिडियो वनिसकेको छ भने कार्टुन कु्रजले अभिनय गरेको शिल्की शिल्की म्यिुजिक भिडियोको ५० लाख भन्दा वढि युट्युव भ्युवर्स रहेको छ ।