धरान / विजयपुर खवर डटकमले प्रकाशन गरेको २०७८ सालको क्यालेण्डर(भित्ते पात्रो) शुक्रबार धरानमा सार्वजनिक गरिएको छ ।
बिजयपुर खबर डटकमद्वारा प्रकाशित भित्तेपात्रो आज धरानमा एक समारोहको बिच सार्वजनिक गरिएको हो । नेपाल पञ्चायाङ्ग निर्णायक समितिले तयार गरेको तिथि, मिति, पर्व, बिदा, शुभसाइतलगायत समेटेर सबै जातजाति, , समुदाय, धर्म ,संस्कृति अनुसार तयार पारिएको भित्तेपात्रो सुनसरी उद्योग बाणिज्य संघका अध्यक्ष गिरिधारी सापकोटा, पत्रकार महासंघ प्रदेश न १ का सचिब तथा बिजयपुर खबर डटकमका सल्लाहकार सम्पादक देबेन्द्र कार्की, प्रदेश न १ इसाई समाजका महासचिव मेहरमान ह्यूज गिरी, पत्रकार महासंघ सुनसरीका पूर्ब अध्यक्ष आनन्द श्रेष्ठ,, सुनसरी सहसचिव भोला श्रेष्ठ, धरान ख्रीस्टीयन समाजका अध्यक्ष सामुएल राई सुनसरी फोटो पत्रकार महासंघका अध्यक्ष बिकाश चाम्लिङ राई, , प्रदेश १ उद्योग बाणिज्य संघ आर्थिक विकास समितिका संयोजक विष्णु बराललगायतले संयुक्तरुपमा सार्वजनिक गर्नु भएकाे थियो ।
भित्ते पत्रिकामा धरानको बिपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानका विशेषज्ञ डाक्टरहरुको ओपिडी सेवा तालिकालगायत विभिन्न जानकारी मुलक सन्देशसहितको सबै खालका व्यक्त्तिलागि उपयोगी भएको शुभकामना मन्तव्य दिने क्रममा सुनसरी उवासंघक़ा अध्यक्ष सापकोटाले बताउनु भयो ।
बिजयपुर खबर अनलाइन मिडियाले गरेको भित्ते पात्रो वितरण कार्यको प्रसंशा गदैं समाचार सम्प्रेषण गर्दा पनि सम्पूर्ण ब्यवसायी क्षेत्रको राम्रा कुरा संगै कमिकमजोरी पनि लेख्नु पर्ने बताउनुभयो ।
५ हजार प्रति प्रकाशन गरिएको क्यालेण्डर प्रदेश १ भरी निशुल्क वितरण गरिने विजयपुर खवरका सहसम्पादक कुवेर गुरुङले जानकारी दिनु भयो ।175723941_1360328407667279_6365580256212981424_n

यस क्यालेण्डरमा रहेकोी व्यवसायी विज्ञापनबाट उठेको केही रकम धरान–१५ स्थित  आशिष असहाय बालबालिका छात्रवासलाई प्रदान गरिने विजयपुर खवरका सम्पादक देवेन्द्र कार्कीले जानकारी दिनु भयो । उक्त छात्रवासमा पूवेका विभिन्न जिल्लाका ४० जना भन्दा असहाय, आमाबाबु विहीन बालबालिकाहरु बस्दैं आएका छन् ।  उनीहरुको शिक्षा र स्वास्थ्यमा केही सहयोग पुगोस भनेर सहयोग गर्न लागेको कार्कीले बताउनु भयो ।

bijaypur khabar