धरान / यहाँका बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा एक कोरोना संङ्क्रमितको मृत्यु भएको छ ।
गत बैशाख ७ गते प्रतिष्ठानमा भर्ना भएका धरान–११ क ४५ बर्षीय पुरुषको बुधबार राती ११ः ५७ बजे मृत्यु भएको प्रतिष्ठानका सह प्रवक्ता डा. चुडामणी पोखरेलले जानकारी दिनु भयो । सनराज बैंकमा सुरक्षा गार्डको काम गर्ने उहाँलाई उच्च रक्तचापका विरामी भएको बताइएको छ ।
यस अघि बुधबार इटहरी–२ की ७८ बर्षीय महिलाको प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको थियो । दोश्रो चरणको कोराना फैलिए पछि प्रतिष्ठानमा दुई जनाको ज्यान गएको छ । हालसम्म प्रतिष्ठानमा १२३ जनाको ज्यान गएको प्रतिष्ठानले जनाएको छ ।