धरान / एक युवतीसँग धरानको डुकु होटलबाट पक्राउ परेका सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र यादवविरुद्ध पीडितका परिवारले जाहेरी दिए पछि थप अनुसन्धानका लागि प्रहरीले ५ दिनको म्याद पाएको छ ।
बुधबार राती एक १७ बर्षीया युवतीलाई होटलमा ल्याएर यौन सम्पर्क गरेको आरोपमा यादवलाई प्रहरीले पक्राउ गरेको थियो । ती यवतीकी आमा र दिदीले विहीबार जर्बजस्ती करणीमा जाहेरी दिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिनुभयो । बयान लिने कामसमेत भइसकेको डिएसपी बस्नेतले जानकारी दिनु भयो । आज जिल्ला अदालत सुनसरीमा थप अनुसन्धानका लागि ५ दिनको म्याद थपिएको उहाँले जानकारी दिनु भयो ।
धरान–भेडेटार सडक खण्डमा पर्ने धरान ४ स्थित डुकु होटल एण्ड लजबाट यस अघि पनि एक जोडीलाई प्रहरीले पक्राउ गरेको थियो ।
गाउँपालिका अध्यक्ष यादवले ती किशोरीलाई जागिर दिलाइदिने प्रलोभनमा धरानको डुकु होटल यौनहिंसा गरेको प्रहरीले जनाएको छ । उनीहरुको सम्पर्क जागिरको सिलसिलामा भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी बस्नेतले जानकारी दिनु भयो ।