सुनसरी / सप्तरी कन्चनरुप नगरपालिका-१ बस्ने जमाल भन्ने तालिम मन्सुरीलाई अबैध कटुवा पेस्तोल र २ राउण्ड गोली सहित पक्राउ गरिएको छ ।

निज मन्सुरी हतियार सहित ससुराली घर सुनसरी कोशी गाँपा ४ जुद्दगन्ज निवासी आएका छन् भन्ने गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट शिवालय कटानवाट खटिएको प्रहरी टोली मन्सुरीको शरीर खानतलासी लिने क्रममा निजको पछाडि ढाड कम्बरको भागमा पाईन्टले च्यापी बोकेको अवस्थामा कटुवा पेस्तोल थान एक र गोली थान दुई वरामद अगरिएकबो जिल्ला प्रहरी कार्यालयका एसपी कमल थापाले जानकारी दिनु भयो । थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।