धरान / डिल्ली फोम्बो एण्ड द ब्याण्डको रुपमा स्टेजहरुमा चम्किरहेका धराने गायक डिल्ली फोम्बोले एक बर्षको अन्तरालमा नयाँ गीत भिडियो सहित रिलिज गर्नु भएको छ ।

‘यो मायाले के गर्यो’ बोलको गीतमा गायक डिल्ली फोम्बोकै शब्द  संगीत रहेको छ भने सन्जिब राईको संगीत संयोजन रहेको छ।

रेखा लिम्बु र गायक डिल्ली फोम्बोको अभिनय रहेको गीतको नरेन लिम्बुको निर्देशन रहेको छ भने बिनय कंसाकारको सम्पादन र बिजेन्द्र भट्टराईको छायांकन रहेको छ।
लिम्बु समुदायमा पहिलो चोटी गुनगुनाइएको भनिएको पोकन्दि र नेपाली लोक शब्द संगीतको सम्मिश्रण गरिएको गीत एउटा प्रयोगको रुपमा तयार गरेको गायक डिल्ली फोम्बोले बताउनु भयो । लकडाउनले थलिएको समयमा तयार गरेर लकडाउन खुलेपछि गीत तथा भिडियो तयार गरिएको गायक फोम्बोले बताउनु भयो ।