धरान /  सुनसरीको सदरमुकाम इनरुवामा विद्यार्थीहरुमा कोरोना संक्रमण देखिए पछि इनरुवानगरपालिकाले विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।
संक्रमण समुदायस्तरमा पनि पैmलिएपछि सुनसरी सदरमुकाम इनरुवाका विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको हो । आइतबार विहान मेयर राजन मेहताले विज्ञप्ति जारी गदैं विद्यालयहरु बन्द गर्ने भनिएको छ । विज्ञप्तिमा भेला, सभा सम्मेलन तथा भीडभाड हुने मेलालगायतका गतिविधी ततकाल बन्न गर्न भनिएको छ । अर्को सूचना जारी नभएसम्मका लागि विद्यालयहरु बन्द गरिएको मेयर मेहताले जानकारी दिनु भयो ।
केही दिनअघि जिल्ला समन्वय समितिको बैठकले विद्यालयहरु बन्द गर्ने वा खोल्ने अधिकार स्थानीय तहहरुलाई नै दिएको थियो । सोही अनुसार नगरपालिकाले संक्रमण थप फैलन नदिन विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो ।
सुनसरीका पमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले अन्य भिडभाड हुने गतिविधी नगर्न र कोरोना संक्रमणबाट बच्न स्वास्थ्य मापदण्ड अपनाउन सबैलाई आग्रह गरिएको बताउनु भयो । विद्यालय बन्द गर्ने तथा खोल्न भने स्थानीय तहलाई नै जिम्मेवारी दिएको उहाँले बताउनु भयो ।