इनरुवा / नेकपा एमाले जिल्ला कमटिी सुनसरीको संगठन विस्तार तीन महिने अभियान अन्तर्गत शनिवार कोशी गाउँ कमिट िविस्तार गरिएको छ ।
प्रदेश सदस्य एवं जिल्ला उपाध्यक्ष नन्द बस्नेत को उपस्थितिमा शत्रुधन चौधरीको अध्यक्षतामा ५३ सदस्यीय नयाँ कमिटी बनाइएको हो ।
उपाध्यक्षमा पशुपति पुरी, सचिवमा ब्रजेशकुमार यादब, सहसचिवमा रहमान अन्सारीलगायत रहनु भएको छ ।
कार्यक्रममा प्रदेश सदस्य , ब्रम्हदेब यादव , नन्द बस्नेत तथा जिल्ला सचिव शत्रुधन यादव , उप सचिव लोकेश निरौलाले निर्देशणत्मक मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा प्रदेश सदस्यहरु शम्भु आचार्य , बाबुराम बराल, ब्रम्हदेब यादब , जिल्ला सचिब शत्रुधन यादव ,जिल्ला सदस्यहरु सिताराम पराजुली , रामचन्द्र मटीयाट, बासिक मिया , सरस्वती केशी, रिमा थापालगायतको उपस्थिति रहेको थियो ।