पाचथर / नेकपा (एमाले) माधव पक्षलेधमाधम जिल्लाहरुमा समानान्तर कमिटी गठन गर्न थालेको छ । पछिल्लो समय जिल्ला कमिटी पाँचथरको जिल्ला भेलाबाट २०९ सदस्यीय जिल्ला कमिटी गठन भएको छ ।
कमिटीको अध्यक्षमा ( कमल प्रसाद जबेगु, उपाध्यक्षमा प्रेम रिजाल, सचिवमा तिबेन्द्रराज चापागाईं, उपसचिवमा धनकुमार फियाक र महेन्द्र बिक्रम थाम्सुहाङ्गलाई जिम्मेवारी दिइएको छ ।
एमाले केन्द्रिय सल्लाहकार सदस्य प्रदेश सभा सदस्य गणेश काम्बाङ्गको प्रमुख आतिथ्यतामा सोही दिन वसरमा नेकपा (एमाले) जिल्ला कमिटी पाँचथरको कार्यालय, र अनेरास्ववियु, युवा संघ तथा अनेमासंघको कार्यालय पनि उद्घाटन गरिएको अध्यक्ष कमल प्रसाद जबेगुले जानकारी दिनुभयो ।