धरान / धरान कार्यक्षेत्र रहेर यही चैत २५ गतेको नेपाल पत्रकार महासंघको निर्वाचनमा निर्वाचित हहुने पत्रकारहरुलाई नेकपा एमाले धरान उपमहानगर कमिटीले सम्मान गरेकोे छ ।
पेसालाई व्यवसायीक तथा मर्यादित बनाएर नेपाली पत्रकारितालाई अझ उचाईमा पु¥याउन हौसाला होस भनेर बधाई तथा सम्मान कार्यक्रम राखिएको नगर कमिटी अध्यक्ष नारायण सुवेदीले जानकारी दिनु भयो ।
नेकपा एमाले केन्द्रीय सचिव तथा प्रदेश १ इञ्चार्ज भीम आचार्यको उपस्थितिमा धरानमा रहेका उपलब्द विजयी पत्रकारहरुलाई सम्मान गरिएको हो ।175652737_2888338888160462_6726844521865879163_n
सम्मानित हुनेहरुमा पत्रकार महासंघ प्रदेश समिति सचिव देवेन्द्र कार्की, सुनसरी जिल्ला अध्यक्ष जनकऋषी राई, प्रदेश परिषद् सदस्यहरु विकास राई, गोविन्द बस्नेत, योगेशवाबु काफ्ले, जिल्ला कार्यसमिति सहसचिव भोला श्रेष्ठ, सदस्य शुक्रान्त राईलगायत रहनु भएको छ ।

 

प्रमुख अतिथि केन्द्रीय सचिव लथा प्रदेश नं १ का इन्चार्ज भीम आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीको दम्भ र अहंकारका कारण कम्युनिष्ट आन्दोलनको उपलव्धि धरापमा पर्दै गएको बताउनु भयो ।

नेपाल पत्रकार महासंघ सुनसरीका निर्वाचित विजयीहरुलाई बधाई तथा सम्मान कार्यक्रममा वोल्दै आचार्यले कसैको दम्भ, अंहकार र स्वेच्छाचारी कदमले मुलुक र जनताले दुःख पाउनु नहुने उहाँको भनाई थियो ।

विधि पद्धतिमा विना कुनै पनि कुरा सञ्चालन हुन नसक्ने वताउदै संसारमा कुनैपनि तानाशाहहरुको लामो भविष्य नभएको उहाँले बताउनु भयो ।
असंवैधानिक र गैरकानुनी रुपमा केपी ओलीले कार्यकर्ता माथि गरेको छलकपटपूर्ण कदमको डटेर सामाना गर्दै संगठन निर्माण र विस्तारमा लाग्न एमाले नगर कमिटीलाई निर्देशन दिनु भएको थियो ।

कार्यक्रममा नेकपा एमाले प्रदेश सदस्य प्रकाश राई, जिल्ला सचिवालय सदस्य पदम इस्वोलगायतले बधाई तथा शुभकामना मन्तव्य राख्नु भएको थियो ।175014245_2888339708160380_6717118016289458903_n 175063011_2888339281493756_5186675851944091995_n