उदयपुर / उदयपुरको बेलका नगरपालिका १ आम्बासीका एक पोलिक्लिनिकका सञ्चालकलाई लागुऔषध र प्रतिबन्धित औषधीसहित पक्राउ गरिएको छ ।

बेलका मेडिकल पोलिक्लिनिक प्रालिका संचालक २६ बर्षीय सुवोध यादवलाई शुक्रबार राती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
सप्तरी चिरहुत गाउँपालिका २ मैनाकडेरी घर भएका यादवले पोलिक्लिनिक सञ्चालन गदैं आएका थिए । पोलिक्लिनिकबाट नै लागुऔषधको कारोबार गर्ने गरेको सुराकी पाए पछि प्रहरीले छापा मारेको थियो । उनलाई प्रहरीले शुक्रबार राती ११ बजे क्लिनिकबाट पक्राउ गरेको एसपी भीम दाहालले जानकारी दिनु भयो ।

क्लिक्लिनिकमा खानतलासी गर्दा TRAMADOl HYDROCLALORIDE-१९८ ट्याब्लेट, DICYCLOMINE HYDROCLALORIDE-५१५ ट्याब्लेट, KOFTAB-D-३०५ ट्याब्लेट, TRAMADOl HYDROCLALORIDE OPIDOL-१५०२ ट्याब्लेट, PREGOUT KIT-१० ट्याब्लेट, SILDENAFIL-४ ट्याब्लेट, ZUNUGRA  RED-१२ ट्याब्लेट वरामद भएको प्रहरीले जनाएको छ ।

यस्तै, नगद १ लाख १७ हजार पनि वरामद गरिएको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले जनाएको छ । पक्राउ परेका यादवलाई आइतबार जिल्ला अदालत उदयपुरमा म्याद थप गरि थप अनुसन्धान गरिने एसपी दाहालले जानकारी दिनु भयो ।