धरान / यही वैशाख ५ गतेबाट धरानदेखि ताप्लेजुङको पाथीभरा मन्दिरको दर्शनका लागि  हेलिकप्टर सेवा शुरु हुने भएको छ ।
होलिडेज प्रालिले प्रदेश नं १ का प्रसिद्ध धार्मिक पर्यटकीय स्थल पाथीभरा मन्दिर, खोटाङको हलेसी महादेवको मन्दिर, सङ्खुवासभाको गुफापोखरी जान चाहनेहरूलाई हेलिकोप्टर मार्फत लैजान सकिने जनाएको छ ।

हवाई यात्रामा पाथिभारा दर्शन गरेको शुल्क प्रतिव्यक्ति २९ हजार ९ सय ९९ रुपैयाँ लाग्ने प्रबन्ध निर्देशक अमृत मानन्धरले जानकारी दिनु भयो ।
उहाँका अनुसार हवाई यात्रा गर्न ५ जनाको समूह हुनु पर्नेछ । पाथीभरा २५ मिनेटमा पुग्ने र ४५ मिनेट यात्रुरुहरूलाई होल्ड गरी दर्शनको लागि समय दिइने छ । त्यस पछि पुनः धरान ल्याइ छाडिने छ ।
यसरी १ दिनमा ३ पटक सम्म हवाई यात्राको सुविधा रहेको प्रालिले जनाएको छ । अन्य क्षेत्रहरूमा भ्रमण वा दुरीको हिसाबले शुल्क यस्तै, दुर्गम भेगका बिरामीलाई उपचारको लागि उद्धार गर्नुपरेमा पनि हवाई एम्बुलेन्सको रूपमा सेवा दिइने व्यवस्था रहेको छ ।
उहाँका अनुसार ७० वर्ष पुगेका ज्येष्ठ नागरिक र अशक्तहरूलाई १० प्रतिशत छुटको व्यवस्था गरेको छ । कम्पनिले यात्रुको सहजताका लागि धरान, इटहरी र विराटनगरका विभिन्न सहकारी संस्थामार्फत सरल किस्ताबन्दीमा समेत विना ब्याज हेलिकप्टरमा पाथीभरा दर्शन गर्ने व्यवस्था गरेको छ । सहकारीमार्फत विना ब्याजमा दिनको १ सय र मासिक २५ सय किस्तामा पाथीभरा दर्शन गर्न सकिने प्रालिका अध्यक्ष कुन्दन श्रेष्ठले जानकारी दिनु भयो । यो सुविधा सहकारीका शेयर सदस्यहरुले मात्र उपभोग गर्न पाउने छन् । यसको कुनै व्याज तिर्नु पदैंन् । सहकारीहरुसँगको सहकार्यमा यस्तो सुविधा दिन लागिएको हो । धरान ९ वटा सहकारी, इटहरी ४ र विराटनगरमा एक सहकारीसँग सहकार्य भएको छ ।

होलिडेजले तिर्थ यात्राका लागि १ करोडको लगानी गरेर हवाई सेवा दिन लागेको हो । पूवको हवाई क्षेत्रमा पोख्त क्याप्टेन शाश्वतलाई हेलिकप्टरको पाइलटको जिम्मा लिएको छ । एयर डाइनिष्टीसँग कम्पनिले सम्झौता गरेर उडान भर्न लागेको हो । शनिवार धरान हेलिकप्टर आइपुग्ने र आइतबारदेखि उडान शुरु गरिने आयोजकले जनाएको छ । दुई तीन समुहले हेलिकप्टर पाथिभराका लागि बुक गराइसकेको बताइएको छ ।
सामान्य नागरिकले पनि हेलिकप्टरमा पाथिभरालगायतका तिर्थस्थलको भ्रमण गर्न सकुन भनेर यस्तो किस्ताबन्दी कार्यक्रम ल्याइएको प्रवन्ध निर्देशक मानान्धरले जानकारी दिनु भयो ।