धरान / युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खुलकुद परीषद्को सहकार्यमा धरान उपमहानगरपालिकाले आयोजना गरेको स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताको उशु खेलको छनौंट सम्पन्न भएको छ ।
आइतबार धरानस्थित कवड हलमा भएको छनौट प्रतियोगितामा उशु खेलका चार वटा विधामा प्रतिस्पर्धा गराइएको थियो । छान छ्वान विधामा छात्र तर्फ विजयपुर माविका मुक्साहाङ लिम्बु प्रथम, लिर्वटी बोर्डिङका सुगन तामाङ दोश्रो हुनु भएको छ । छात्रा तर्फ विजयपुर मावि कै समिक्षा राई प्रथम ओसिस स्कूलकी लावेन जिमी दोश्रो हुनु भएको छ ।
नान छवान विधामा छात्र तर्फ निकेतन माविका रोहित लिम्बु प्रथम। डिपोट माविका रिकेशजंग कार्की दोश्रो हुनु भएको छ । छात्रा तर्फ भानु स्मृति माविकी समिक्षा खापुङ प्रथम, सदन उच्च माविकी पुनम गजमेर दोरुो हुनु भएको छ ।
यस्तै आइचि छवान विधामा छात्र तर्फ विष्णु मेमोरियन माविका साङकेन राई प्रथम, सत्य सायी स्कूलका सत्यहाङ राई दोश्रो हुनु भएको छ । छात्रा तर्फ आसिस स्क्रलकी सकुन्तला जिमी प्रथम, सियोन स्कूलकी समिक्षा लिम्बु दोश्रो हुन भएको छ ।
विजयी खेलाडीहरुलाई प्रशिक्षक राजेन्द्र राईलगायतले मेटल र प्रमाण पत्र वितरण गर्नु भएको थियो । छनौटमा परेका खेलाडीहरुले जिल्ला स्तरको प्रतियोगितामा सहभागी हुन पाउने छन् । जिल्लामा जिते पछि राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी हुन पाउने प्रशिक्षक तथा नगर खेलकुद विकास समितिका सदस्य राजेन्द्र राईले जानकारी दिनु भयो ।

172078578_747865092582128_9131487493558244868_n 172591670_3821709264611855_2935879024622045036_n