इटहरी / नेकपा एमाले जिल्ला कमिटी सुनसरीले तीन महिने अभियान चलाउने भएको छ । पार्टीका अध्यक्ष केपी ओलीले स्वच्छाचारी निर्णय गदैं पूर्व प्रधानमन्त्रीसमेत रहनु भएका बरिष्ठ नेता माधवकुमार नेपाललगायतलाई कारवाही गरे पछि पार्टीले समानान्तर कमिटी बनाएर गाउँ अभियान थालेको हो ।
आइतबार इटहरीमा जिल्लाका अगुवा कार्यकर्ताहरुलाई अभिमुखीकरण गदैं पार्टीले गाउँगाउँसम्म संगठन विस्तार गर्न निर्देशन जारी गरेकोछ ।
जिल्ला अध्यक्ष रमेश बस्नेतको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा नेकपा एमाले केन्द्रीय सचिव तथा  प्रदेश १ इञ्चार्ज भीम आचार्य, पोलिट व्युरो सदस्य पर्शुराम मघी गुरुङ केन्द्रीय सदस्य तथा सुनसरी इञ्चार्ज धर्मराज निरौला, केन्द्रीय सदस्य महफुल अन्सारीलगायत प्रदेश कमिटी, जिल्ला कमिटीका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।
केपी ओलीले नेपाली कम्युनिष्ट आन्दोलनलाई विसर्जनतिर र लगेको विषयमा आम नागरिकलाई बुझाउन आवश्यक रहेको भन्दैं पार्टीले गाउँ केन्द्रित अभियान थालेको नेता आचार्यले प्रशिक्षणात्मक मन्तव्यमा उल्लेख गर्नु भयो । स्वच्छाचारी ढङ्गले कानुन नमान्ने, विधि नमान्ने, पार्टी नमान्ने सिद्धान्त नमान्ने मैंले यस्तो गरेँ भन्ने। यस्तो खालको निर्लज्ज कामको उपचार पार्टी कार्यकर्ताको परिचालनबाट हामी दिने उद्घोष गरिएको छ ।  ‘प्रधानमन्त्री ओलीले सेटिङमा न्यायलय चलाउने, आफ्नो  अनुकुलमा व्यवस्थापीका चलाउने यो प्रवृतिको हामी गाउँ गाउँमा पुगेर जनतालाई बुझाउछौं । जनतालाई भएको भ्रमण चिरेर अव सुदृढ एमाले  निमार्ण गर्ने काम हाम्रो काँधमा आएको छ ।’–नेता आचार्यले कार्यकर्ताहरुलाई भन्नु भयो ।

प्रशिक्षणमा पर्शुराम मघी गुरुङले पार्टीका सैद्धान्तिक कुराहरु प्रष्ट पार्नु भएको छ । एमाले कुन सक्कली कुन नक्कली भन्ने कुरा गाउँमा गएर जनतालाई बुझाउन निर्देशन दिनु भयो । यस्तै केन्द्रीय सदस्य महफुल अन्सारीले अव एमालेको जागरण अभियानले जनतलाई ्र प्रष्ट हुने बताउदैं सबै पार्टी पक्ति एक भएर अभियानमा सहभागी हुन आग्रह गर्नु भयो । 

कार्यकर्ताहरुलाई भ्रममा राखेर ओलीले स्वच्छाचारी गतिविधी गरेका कारण पार्टी समस्यामा परेको भन्दैं अव कार्यकर्ताहरु गाउँँ गाउँ पुगेर ओली प्रवृतिको भण्डाफोर गर्नु पर्ने केन्द्रीय सदस्य नेता निरौलाले बताउनु भयो ।
नेताहरुले पार्टीको सैद्धान्तिक र व्यवहारिक महत्व, अवको पार्टीको कार्यदिशा, जनताको बहुदलिय जनबादको विषयमा कार्यकर्ताहरुलाई प्रष्ट पार्नु भएको थियो ।
प्रत्येक स्थानीय तहमा रहेका प्रदेश कमिटी सदस्यहरु, जिल्ला कमिटी सदस्यहरु र स्थानीय तहका पार्टी पदाधिकारीहरु उत्प्रेरकको रुपमा रहेर घरदैलो टोल भेला, सदस्यता नविकरण कार्यक्रम थालनीको योजना बनाइएको छ । वडा कमिटी गठन नभएको ठाउँमा वडा कमिटी गठन गरी वैशाख १५ गते भित्र विभिन्न जनसंगठनको जिल्लास्तरको भेला सम्पन्न गर्ने निर्णय पार्टीले गरेको जिल्ला पार्टीका उपसचिव लाेकेश  निराैलाले जानकारी दिनु भयाे ।172621972_2049040551902755_6600590226340601077_n 172567482_575125516782172_3437011777023727866_n

 

 

received_168635881778888 यस्तो छ एमालेको गाउँ फर्क अभियान
– जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रम चैत २९ गते गर्ने ।
– पालिका स्तरीय तयारी वैठक २०७८ वैशाख ७ गते भित्र (प्रदेश कमिटी सदस्य,जि.क. सदस्य, स्थानीय तहको कमिटी सदस्य सहभागी भई ) पालिका स्तरको अभिमुखिकरण, वडा वैठकको तयारी,वडाको अभियन्ताको निश्चित गर्ने, झण्डा,व्यानर प्रचार सामाग्रीको तयारी गर्ने र अनेम संघ, युवा संघ, मुक्ती समाज, अनेरास्ववियु, प्रेस चौतारी नेपाल, वुद्धिजिवी परिषद्, मजदुर संगठनलगायतका भातृ संगठनसहित गाउँस्तरमा कम्तिमा ५ वटा, नगरस्तरमा कम्तिमा ८ वटा र उपमहानगरस्तरमा कम्तिमा १० वटा जनसंगठन कमिटी निर्माणको तयारी गर्ने ।
– पालिकास्तरको अभिमुखीकरण कार्यक्रम वैशाख १२ गते भित्र सम्पन्न गर्ने ।
–वडा कमिटीको वैठक वैशाख २० गतेसम्म सम्पन्न गर्ने (घरदैलो टोल भेला,सदस्यता नविकरणको योजना वनाउने) वडा कमिटी गठन नभएको ठाउँमा वडा कमिटी गठन गर्ने ।
– वैशाख १५ गते भित्र विभिन्न जनसंगठनको जिल्लास्तरको भेला सम्पन्न गर्ने । भेलाले स्थानीय तहको कमिटी निर्माणको कार्ययोजना वनाउने ।
– वैशाख २० गतेभित्र पालिका स्तरको जनसंगठनको निर्माण सम्पन्न गर्ने ।
–वैशाख २० गते देखि जेठ २०गते सम्म सदस्यता नविकरण,घरदैलो अभियान,टोल भेला,पार्टी प्रवेश, टोल कमिटीको निर्माण सम्पन्न गर्ने ।
–जेठ २० गते देखि जेठ मसान्तसम्म कोण सभा गर्ने, वडाको समिक्षा वैठक बस्ने,सदस्यता अभिलेखीकरण गर्ने र वडाको प्रतिवेदन तयारी गर्ने ।
–असार १ गतेदेखि १० गतेसम्म पालिका स्तरको सभागर्ने सदस्यता अभिलेख तयार गर्ने समिक्षा वैठक गर्ने प्रतिवेदन तयार गर्ने ।
–असार १५ गतेसम्ममा जिल्ला स्तरीय समिक्षा वैठक गर्ने र प्रतिवेदन तयार गर्ने ।

नेकपा (एमाले)
जिल्ला कमिटी सुनसरी

२०७७ चैत २९