धरान । धरान उपमहानगरपालिकाले तेक्वान्दो खेलको विकासका लागि खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ । धरान उपमहानगरपालिकाका नगर प्रमुख तिलक राईले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको अवसर पारेर शनिबार एक लाख रुपैयाँ बराबरको खेलकुद सामाग्री हस्तान्तरण गर्नु भएको हो । तेक्वान्दो खेलको विकासका लागि उपमहानगरपालिकाले चेस्ट कभर लेदरको ४ थान, हेड कभर लेदरको ४ थान, गुलिङ कभर प्लाष्टिकको ४ थान, सिंग कभर साधारण ४ थान, हेण्ड कभर साधारण ४ थान, किक प्याड साधारण २९ थान, किक प्याड भिडियम ४ थान र किक प्याड (ठूलो) ४ थान हस्तान्तरण गरिएको खेलक’द विकास समितिका अध्यक्ष स’वास राईले जानकारी दिनु भयो ।

सामाग्री हस्तान्तरण कार्यक्रममा सुनसरी तेक्वान्दो डोजाङ संघका अध्यक्ष कुमार गुरुङ, धरान तेक्वान्दो डोजाङ संघका संस्थापक नविनचन्द्र मादेन, धरान उपमहानगरका खेलकुद संयोजक सुवास राई, धरान उपमहानगरका तेक्वान्दो प्रशिक्षक सुरज कार्की, धरान तेक्वान्दो डोजाङ प्रमुख गोपाल राई, भोटेपुल तेक्वान्दो डोजाङ प्रमुख मदन कुमार राई र फुस्रे तेक्वान्दो डोजाङ प्रमुख विवेक राईको उपस्थिति रहेको थियो ।

नगर प्रमुख तिलक राईले धरान उपमहानगर खेलकुदको राजधानी रहेको बताउँदै कुन खेललाई कति सहयोग गर्नुपर्छ भन्ने उपमहानगरपालिकाले नीति बनाउन नसकेको बताउनु भएको छ ।

तेक्वान्दो खेलका लागि खेलकुद सामाग्री हस्तान्तरण गर्दै नगर प्रमुख राई यस्तो बताउनु भएको हो । ‘आज २ बजे धरान उपमहानगर भित्र, धरान उपमहानगरपालिकाको सहयोग लिएर विभिन्न खेलकुद गतिविधिहरु हुने गरेकोछ, त्यो खेल क्लबहरु, संघ संस्थाहरु र पदाधिकारी सहितको बैठक उपमहानगरपालिकाले राखेको छ,’– नगर प्रमुख राईले भन्नुभयो । तेक्वान्दो
उहाँले धरानलाई केन्द्रविन्दु बनाएर राष्ट्रिय, अन्तराष्ट्रिय, प्रदेश, नगर स्तरिय, वडा स्तरिय प्रतियोगिता गर्ने क्लब संघ संस्थाहरुलाई बैठकमा बोलाएको बताउनु् भएको छ ।