भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या एक करोड २९ लाख २८ हजार पाँच सय ७४ पुग्याे भने कोरोनाका कारण मृत्यु भएकाहरूको कुल संख्या एक लाख ६६ हजार आठ सय ६२ पुगेकाे छ ।

भारतमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भएका छन् । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घन्टामा एकैदिन झन्डै एक लाख २७ हजार जना संक्रमित भएका हुन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्मकै सबैभन्दा धेरै एकैदिन एक लाख २६ हजार सात सय ८९ जना नयाँ संक्रमित थपिएको जनाएको छ । पछिल्लो विवरणसँगै भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या एक करोड २९ लाख २८ हजार पाँच सय ७४ पुगेको छ ।

पछिल्लो एक दिनमा भारतमा ६ सय ८५ जनाको काेरोना भाइरसका कारण मृत्यु भएको पनि अधिकारीहरूले जानकारी दिएका छन् । योसँगै भारतमा कोरोनाका कारण मृत्यु भएकाहरूको कुल संख्या एक लाख ६६ हजार आठ सय ६२ पुगेको छ ।

भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरूको संख्या नौ लाख १० हजार तीन सय १९ रहेको छ । यसअघि एकैदिनमा सबैभन्दा धेरै बुधबार एक लाख १५ हजार सात सय ३६ जना संक्रमित भएका थिए ।

पछिल्लो केही दिनदेखि भारतमा दैनिक एक लाखभन्दा बढी संक्रमित भएका छन् । यो तथ्यांकले भारतमा नयाँ संक्रमितहरूको संख्या दैनिक रूपमा बढ्दै गएको देखाएको छ ।रासस