धरान / वर्तमान राजनीतिको अवस्थामा धार्मिक अगुवाहरूको भूमिका विषयक बिभिन्न धर्मका धर्मगुरुहरूको उपस्थितिमा धर्मनिरपेक्ष, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव अनि शान्ति र समृद्ध राष्ट्र निर्माणको सन्दर्भमा अन्तक्र्रिया गरिएको छ ।
सर्वधर्म समभाव भन्ने मूल आशयका साथ हिन्दु, बौद्ध, इस्लाम , किरात , इसाई , बहाई , कबीर र वैधिक सनातन धर्मका धर्मगुरुहरुले आ–आफनो धारणा राख्नु भयो । प्रदेश न १ इसाई समाजको आयोजनामा इटहरीमा भएको उक्त कार्यक्रम सहजकर्ताकारुपमा डा. बिपि खनालले हाम्रो देश सदिऔ देखि बिभिन्न धर्ममा आस्था राख्नेहरूको साझा थलो भएको हुदा एउटै घर परिवारमा समेत बिविध धर्मका ब्यक्तिहरू अटाउन सक्ने समाजमा राज्यले सो अनुसारको ब्यावहार सबैमा समानरूपमा गर्नु पर्ने बताउनु भयो ।
धर्मनिरपेक्षताको सन्दर्भमा सबैको आ आफनै बुझाई रहेको हुदा संबिधान निर्माण अगावै पश्चिमा मुकुलले प्रतिपादन गरेको वा कम्युनिस्ट साशित (साम्यवादी) मुलुकले प्रतिपादन गरेको मोडेल अनुसारको होस वा नेपाल जस्तो बहुधार्मिक मुलुक सुहाउदो धर्मनिरपेक्षताको विषयमा छलफल नगरिएको कुरा प्रस्ट पार्नुभयो ।
अन्तरधार्मिक शान्ति महासंघ नेपालका केन्द्रीय अध्यक्ष रामभक्त कुरुम्बंगले अन्तरधार्मिक संजालले जुनसुकै धर्मका भए पनि भाई भाईबिचको सम्बन्धलाई प्रगाढ़ बनाएको बताउनु भयाे ।

हिन्दु धर्मका तर्फबाट राजेन्द्र ढकालले हाम्रो जस्तो बहुधार्मिक, बहुजाति र बहुभाषी मुलुकमा धर्म र जातियताका आधारमा द्वन्द्व बढाउन नहुने बताउनु भयो । वैदिक सनातन धर्मका पदम अधिकारीले धर्मगुरुहरूमा राजनीतिक चेत हुन जरुरी भएको बताउँदैं र राजनीतिकर्मीहरुलाई गाइडलाइन दिनु पर्ने बताउनु भयो । किरात धर्मका गजेन्द्र पालुंग्वा ओमशान्तिका बिन्द्रा श्रेष्ठ र इसाई समुदायको तर्फबाट राजेन्द्र मल्ल, मुकुन्द शर्मा,, भीमकुबेर गुरुङलगायतले बोल्नुभएको थियो । कार्यक्रम समाजका अध्यक्ष बिक्रम लिम्बुको अध्यक्षतमा भएको थियो भने स्वागत मन्तव्य राजकुमार नाछिरिंग राई द्वारा गरियो र कार्यक्रमको संचालन समाजका महासचिव मेहरमान ह्यूज गिरीले गर्नुभएको थियो ।
यही चैत २३ गतेको मिति राखेर इसाईकरण बिरुद्ध हिन्दुजागरण अभियानसंग सम्बद्ध मानिसहरूको प्रत्यक्ष संलग्नतामा अंतरष्ट्रियसामाजिक सेवा संस्था यूनाइटेड मिशन टु नेपाल (युएमएन) लाई बदनाम गर्ने उद्देश्यले देशका दुई मुख्य ख्रिस्टीयान संस्थाहरु राष्ट्रीय मण्डली संगति नेपाल (एनसीएफएन) र नेपाल ख्रिस्टीयान समाज(एनसिएस) का दुबै महासचिवहरु र ती संस्थाका छापहरूको नक्कल गरी अफ़वाह फैलाउने मनसायले सामाजिक संजालमा प्रकाशन गरेको उक्त भ्रामक कदमलाई निरुत्साहित गर्ने काममा सरकार उदासिन रहेकाले प्रदेश १ इसाई समाजले ध्यानाकर्षणसमेत गराएको छ ।

IMG_0984 IMG_0977