धरान / नेपाल पत्रकार महासंघ सुनसरीको अध्यक्षमा धरानका जनकऋर्षि राई विजयी हुनु भएको छ । प्रेस युनियन, प्रेस संगठन, प्रेस चौतारी नेपालसहितको लोतान्त्रिक व्यसायिक श्रमजिवी पत्रकारहरुको साझा प्यानलले जित हासिल गरेको छ ।

बिहिबार राती सम्पन्न भएको मतगणनाको परिणाम अनुसार महासंघको जिल्ला कार्यसमितिमा राईको १२३मत पाउनु भएको छ ।
प्रेस चौतारी केपी ओली समुह , प्रेस मञ्चको गठबन्धनका उम्मेदवार सन्तोष काफ्ले ले ६५ मत मात्र प्राप्त गर्नु भएको ,थियो । , अध्यक्षकै अर्का बागी उम्मेदवार सचिन पोख्रेलले ४५ र सुविद गुँरागाईले १० मत प्राप्त गर्नु भयो ।

यस्तै, उपाध्यक्षमा पनि राईकै प्यानलका गणेश निरौला १४२ मत पाएर विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्धन्दी ओली पक्षबाट उम्मेद्वार बनेका सुमन पुरीले ९८ मत ल्याउनु भयो । महिला उपाध्यक्षमा उपाकिरण भट्टराईले १०० मत प्राप्त गर्नु भएको छ । उहाँले प्रेस युनियनबाट विद्रोह गरि चौतारीको समर्थनमा उम्मेद्वारी दिनु भएको प्रेस चौतारी नेपाल सुनसरीका अध्यक्ष प्रेस बास्तोलाले जानकारी दिनुभयो । भट्टराईलेकी निकटतम प्रतिद्धन्दी मनिता चाम्लिङले ५३, सुमित्रा राई(सञ्जु)ले ४५ र रञ्जना पौडेलले ४३ मत ल्याउनु भएको थियो । चाम्लिङ स्वतन्त्र, राई ओली समुहबाट र पौडेल युनिनको बागी उम्मेद्वार हुन ।
यस्तै, सचिवमा ध्रुव ढकालले १४८ मत पाएर विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्धन्दी दिनेश गजमेरले ६४ र अर्का उम्मेदवार गोपाल कामतले ३१ मत मात्र पाए । गजमेर ओली समुहका हुन भने कामत सेन्टरबाट विद्रोह गरि उम्मेद्वार दिनु भएको थियो ।

सहसचिवमा तीर्थ कार्की र विकल रेग्मीले समान ११५ मत पाएपछि दुवैलाई विजयी घोषणा गरिएको छ । दुवै जनाले ३ बर्षको कार्यकाल आधा आधा सहसचिवको रुपमा कार्यभार सम्हाल्ने गरि विजयी घोषणा गरिएको हो ।

यस्तै, सहसचिव पदमा भोला श्रेष्ठ १४२ मतका साथ विजयी हुनु् । उहाँ निकटतम प्रतिद्धन्दी ओली समुहका प्रदिप चौधरीले ८९ मत मात्र पाउनु भएको छ । कोषाध्यक्षमा अजितकुमार झाले १३१ मत पाएर विजयी हुँदा निकटतम प्रतिद्धन्दी कृष्ण वहावले ६४ र निशान प्रकृति थारुले ४४ मत मात्र पाउनु भयो । सदस्य पदमा पनि युनियनको गठबन्धनका उम्मेदवारहरु सुस्मिता राई, विवेक रेग्मी, संगम विष्ट, शुक्रान्त राई, आरबि कटवाल, शान्ता निरौला, दिपेन्द्र यादव, विरेन्द्रकुमार यादव र निश्चल शर्मा विजयी हुन भएको निर्वाचन कार्यालयले जनाएको छ । यसअघि नै जनजाति सदस्यमा पारस राई, दलित सदस्यमा सुविन विश्वकर्मा, महिला सदस्यमा देविका चाम्लिङ र अल्पसंख्यकमा मिकाइल आलम निर्विरोध निर्वाचित हुनु भएको छ ।