धरान / यही चैत २५ गते सम्पन्न नेपाल पत्रकार महासंघको प्रदेश १ को निर्वाचनमा लोतान्त्रिक व्यसायीक श्रमजिवी पत्रकारहरुको साझा प्यानलले जित हासिल गरेको छ ।
अध्यक्षमा विराटनगरका सक्रिय पत्रकार लिलाबल्भव घिमिरे, उपाध्यक्षमा पाँचथरका लभदेव ढुङ्गाना, महासचिवमा विराटनगर कै विवेक गौतम र सचिवमा सुनसरीका देवेन्द्र कार्की विजयी हुनु भएको छ । घिमिरेले ७९३ मत याउनु भयो उहाँको प्रतिद्वन्दी मोहन काजीले ५९७ प्राप्त गर्नु भएको छ । उपाध्यक्ष ढुङ्गानाले ८१० ल्याउदा उहाँका प्रतिद्वन्दी रोहित राईले ७९७ मत प्राप्त गर्नु भएको छ । यसै गरि महासंचिवमा गौतमले ८१९ ल्याउदा उहाँका प्रतिद्वन्दी फिपराज बेगाले ५६२ मत प्राप्त गर्नु भएको छ । सचिवमा देवेन्द्र कार्कीले ८६२ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्दी अभिजाल विष्टको ५१३ मत प्राप्त भएको छ । नयाँ पत्रिका दैनिकमा आवद्ध कार्कीले प्रदेशकै सबै भन्दा बढि मत ल्याएर विजयी हुनु भएको छ । 

lila ji
यस्तै बढि मत ल्याएर विजयी हुनेमा  महिला सदस्यमा ८४२ ल्याएर विराटनगरकी शुशिला पाठक विजयी हुनु भएको छ । यस्तै विनु तिम्सिनाले ८२८ मत प्राप्त गरि विजयी हुनु भयो । महिला उपाध्यक्ष हिमादेवि चेम्जोङ ८२६ रहेको छ ।माला पालुङगाले ७३० मत ल्याएर विजयी हुनु भएको छ ।
समावेशी सचिवमा सुनसरीका सन्तोष यादवले ८०६ मत प्राप्त गरि विजयी हुनु भएको छ । यस्तै कोषाध्यक्षमा झापाका विमल लामिछाने विजयी हुनु भयाे । खुल्ला सदस्यहरुमा धुर्व भट्टराई, लिलाराज झापाली, गाेपाल पोखरेल, सुरेन्द्र भण्डारी विजयी हुन भएको छ । यस्तै दलित सदस्यमा पिवी दियाली, जनजाती सदस्यहरुमा यमकुमार दनुवार, विष्णु सुब्बा र मधेशी सदस्यहरुमा प्रमोद यादव र ब्रह्मद्व यादव विजयी भएको प्रदेश १निर्वाचन समितिको कार्यालय विराटनगरले जनाएको छ । १६१५ मतदात भएको प्रदेश १ मा १४८७ मत खसेको थियो । 

mat