इटहरी / नेकपा एमाले जिल्ला कार्यसमिति सुनसरी पुनर्गठन गरिएको छ । माधव नेपाल पक्षको आज बसेको पाँचौं विस्तारित बैठकले रमेश बस्नेतको संयोजकत्वमा १९९ सदस्यीय जिल्ला कमिटी विस्तार गरेकोहो ।
कमिटीको उपाध्यक्षमा नन्द बस्नेत, शत्रुधन यादव, उपसचिव लोकेश निरौला रहनु भएको छ ।

नेकपा एमाले केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज धर्मराज निरौलाका प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य महफुल अन्सारीको समय उपस्थिति रहेको थियो । बैठकले मजवुद पार्टी निर्माणका लागि तीन महिने अभियान संचालन गर्ने निर्णयसमेत गरेको छ । टोल टोलमा कमिटी गठन गरेर पार्टीलाई क्रियाशिल बनाउने निर्णय भएको अध्यक्ष बस्नेतले जानकारी दिनु भयो । बैठकले ८३ जनालाई जिल्ला कमिटीमा मनोनयनसमेत गरेको छ ।

167658764_910493489685274_4199839486527461084_n

168475945_306647470885593_7907945184576751182_n