धरान / स्थानीय तहको प्रत्येक वडामा एक स्वास्थ्य केन्द्र भन्ने सरकारको अवधारण अन्तर्गत धरान उपमहानगरपालिका वडा नं १३ मा आधारभुत स्वास्थ्य सेवा केन्द्र उद्घाटन गरिएको छ ।

धरान वडा नं १३ को कार्यालय परिसरमा बुधबार केन्द्रको उद्घाटन प्रदेश नम्बर १ का सभामुख एवं प्रमुख अतिथि प्रदीपकुमार भण्डारीले गर्नु भयो । २९ लाख लागतमा निर्माण गरिएको भवनबाट अव वडावासीले प्राथामिक स्वास्थ्योपचार लिन अन्यत्र धाउन पदैंन् ।
कार्यक्रममा स्वस्थ्य सेवा बिस्तार र असाहय कोषको लागि वडाका विभिन्न ब्यक्तिले अक्षय कोषको समेत स्थपना गरेका छन् । उक्त अक्षयकोष र स्वास्थ चौकीलाई सहयोग गर्ने ब्यक्तिहरुलाई कार्यक्रममा सम्मान समेत गरिएको छ ।

वडा कार्यालयका अनुसार हरिबहादुर कार्की, पूर्ण राई, कमलबहादुर राई, पुरन थापा, गणेश खड्का, कमलेश्वरी राई, वान हार्ट वल्ड वाईट र बिजयपुर हस्पिटल प्रालिलाई सम्मान गरिएको वडाध्यक्ष नेत्र काफ्लेलेजानकारी दिनुभयो ।
कार्यक्रममा धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी, स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहतालगायतको उपस्थिति रहेको थियो ।