धरान।  धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड–१९ विरुद्धको “कोभिसिल्ड” खोपको दोश्रो डोज लगाउन सुरु गरिएको छ ।

आइतबार प्रतिष्ठान आइपुगेको खोप हिजो मंगलबारबाट लगाउन सुरू गरिएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणी पोखरेलले जानकारी दिनु भयो ।
हिजो पहिलो दिन प्रतिष्ठानका चारै पदाधिकारी सहित प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मी, स्वास्थ्यमा काम गर्ने कर्मचारीहरू गरी ४ सय जनामा खोप लगाइएको स्कुल अफ पब्लिक हेल्थका एसोसिएट प्रोफेसर डा. विजय खनालले जानकारी दिनु भयो ।
पहिलो दिन ४ सय जनामा कोभिसिल्ड खोपको दोश्रो तथा अन्तिम डोज लगाइएको छ । यसअघि पहिलो डोज लगाएको १७ सय जना रहनु भएको छ ।
यसअघि पहिलो डोज माघ १४ गते लगाइएको थियो । नेपाल सरकारबाट दोश्रो डोजको आपूर्ती ढिला भएकाले दुई महिना पछी दोश्रो डोज लगाउन थालिएको डा. खनालले जानकारी दिनु भयो ।