धरान । तेस्रो कटारी नगर मेयर कप आमन्त्रित तेक्वान्दो प्रतियोगितामा धरान उपमहानगरपालिका प्रथम भएको छ । चैत्र ६ देखि ७ गते सम्म सञ्चालन भएको मेयर कप तेक्वान्दो प्रतियोगितामा धरान उपमहानगरपालिकाले ६ गोल्ड र एक ब्राउन्स मेडल जित्दै प्रथम भएको हो ।

धरान उपमहानगरका तेक्वान्दो प्रशिक्षक सुरज कार्कीका अनुसार प्रतियोगितामा प्रदिप लिम्बु (५४ केजी), रोहीत राई (४९ केजी), साजन राई (४२ केजी), क्षितिजा गुरुङ (४३ केजी), यमुना राई (४६ केजी) र कृस्टिना राई (४२ केजी) ले गोल्ड मेडल जित्न सफल भएका थिए । साथै ५८ केजीका यमन विष्टले ब्राउन्स मेडल जित्न सफल हुनु भएको छ ।
यस भन्दा अघि प्रदेश नं. १ ओपन तेक्वान्दो च्याम्पियनशिप प्रतियोगितामा पनि धरान उपमहानगरपालिका प्रथम भएको थियो । इटहरीमा आयोजित प्रतियोगितामा धरान उपमहानगरपालिकाका तेक्वादो खेलाडीहरुले १४ वटा गोल्ड, ७ वटा शिल्भर र ४ वटा ब्राउन्स मेडल प्राप्त गर्दै प्रथम भएका थिए ।

आइतबार प्रशिक्षक सुरज कार्कीले कटारी नगर मेयर कपमा धरान उपमहानगरपालिका प्रथम भएको जानकारी गराउँदै मेयर तिलक राईलाई शिल्ड र प्रमाण पत्र हस्तान्तरण गर्नु भएको छ ।