आगामी जनवरी २१ तारिख आइतबारका दिन तामाङ समुदायको मौलिक सॉंस्कृतिक राष्ट्रीय पर्व सोनाम ल्होसारको अवसर पारी साइप्रसको लिमसोल्मा २८५४ सोनाम ल्होछार खि/ नागी ल्हो सॉंगातिक धमाका २०१८ नामक सांगीतिक कार्यकर्म हुने भएको छ ।

नेपाल तामाङ घेदुङ साईप्रस द्वारा आयोजना हुन गइरहेको कार्यक्रमको लागि नेपालबाट आउनुहुने चर्चित पप गायक मिङ्मा शेर्पा संगै  म्हेन्दोमाया गायक तथा बरिष्ठ संगीतकार रोशन फ्युबा तामाङ ,चर्चित सेलो गायक तथा बरिष्ठ संगीतकार विश्व दोङको सांगीतिक  प्रस्तुति रहने इभेन्ट म्यानेजर सुरेसकुमार परियारले बताए  ।

यसअघि पनि साईप्रसमा नै पहिलोपटक राजेशपायल राई ,मौसमी गुरुङ , प्रशान्त तामाङ , लगायतका चर्चित कलाकारहरुलाई ल्याएर नेपालिज धमाका १ र २ जस्तो ठुलो तथा  भब्य कार्यक्रमको आयोजना तथा व्यवस्थापन गरिसकेका सुरेसकुमार परियारले यसपालीको कार्यक्रम पनि भब्य र सभ्य बनाउन लागिपरेको बताए ।

कार्यकर्म साईप्रसको समय अनुसार बिहान १० बजे देखि साँझ ५ बजे सम्म हुनेछ ।   साईप्रसमा रहनु भएका नेपाली विद्यार्थीहरुले विद्यार्थी परिचय-पत्र देखाएर १२ युरो र अन्यलाई १५ युरो टिकट डर राखिएको र सधै झैँ खाजा , खाना र बसको पनि व्यवस्था गरिएको इभेन्ट म्यानेजर सुरेसकुमार परियारले बताए । आफ्नो सहभागितामा रहेको हरेक कार्यकर्मबाट साइप्रसमा रहेका नेपाली हरु बाट विश्वास जित्न सफल रहेकोले पनि यसपालिको कार्यकर्म अझ भब्य हुने परियारले बताए ।