सुनसरी । मोरङको बुढिगंगा गाउँपालिका-२ का २४ बर्षीय खगेन्द्र काफ्ले र २७ बर्षीय अर्बिन मगर स्कुटर चोरीको आरोपमा पक्राउ परेका छन् ।

चैत्र ८ गते ईटहरीको धरान लाईनमा पार्किङ गरि राखेको को ३७ प ८१०५ नम्बरको स्कुटर चोरी भएको भन्ने सूचना प्राप्त भए संगै खोजतलासमा खटिएको प्रहरी टोलीले चोरी भएको स्कुटर सहित दुबै जनालाई पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएकाे छ ।

कार्यालयका अनुसारपक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।