धरान / सरकारले नेपाली कांग्रेसका नेता, कार्यकर्तालाई अनाहकमा थुन्ने र मुद्दा चलाउने षडयन्त्र गरेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताउनु भयो । ओली सरकारसँग साँठगाँठभएको आरोप खेपिरहेका देउवाले धरानमा आएर केपी ओली सरकारको आलोचना गदैं कम्युनिष्ट अपराधीहरुलाई संरक्षण गदैं नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई थुन्ने काम भएको बताउनुभयो ।
प्रहरी प्रशासनले समेत कम्युनिष्ट भएकै आधारमा अपराधीहरुलाई छाडा छोडिदिने तर नेपाली कांग्रेसका नेता कार्यकर्तालाई मुद्दा चलाउने गरेको उहाँको आरोप थियो ।
५६ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको सन्दर्भमा धरानमा मंगलबार नेपाल दलित संघले आयोजना गरेको समावेशी लोकतन्त्र र संवैधानिक व्यवस्था विषयक प्रदेशस्तरीय अन्तक्र्रिया कार्यक्रममा उनलेयस्तो बताएका हुन । सभापति देउवाले भन्नु भयो, ‘एउटा कुरा स्पष्ट भन्न चाहान्छु, उनीहरुले जनताले तिरेको ट्याक्सको पैसाले तलब खान्छन्न्, कुनै पार्टीले तबल खुवाएको होइन, जनताले तिरेको ट्याक्सबाट तलब खाएर उनीहरुको काम गर्न पाइन्छ, यसो भने छोड्दैनौ ।’
सभापति देउवाले विजयकुमार गच्छदारले न्याय पाएरै छाड्नेसमेत बताउनु भयो । गच्छदारको गृह जिल्ला सुनसरीमा आएर उहाँले गच्छदार अन्यायमा परेको अव चाढै न्याय पाउने बताउनुभयो । कांग्रेस सभापति देउवाले गच्छदारको न्यायका लागि आफू लागि परेको भन्दैं कार्यकर्ताहरुलाई आश्वास्त पार्नु भयो । पूर्वउप प्रधानमन्त्री विजयकुमार गच्छादारलाई बालुवाटारस्थित ललिता निवासको सरकारी तथा सार्वजनिक जग्गा हिनामिना प्रकरणमा संलग्नताको आरोप लागेको छ ।
नेपाली कांग्रेस संसदीय दलका उपनेता समेत रहनुभएका गच्छदार प्रतिनिधि सभा सदस्यबाट निलम्बित भइसक्नु भएको छ । उहाँले प्रधानमन्त्री बन्न आएको अफरबारे पनि प्रष्ट पार्नु भयो । देउवाले वर्तमान केपी ओली नेतृत्वको सरकार बहुमतको भएको बताउनु भयो । बहुमतको सरकारलाई कसैले केह ीगर्न नसक्नु उहाँको भनाई थियो । अदालतको आदेश पछि नेकपा दुई वटा पार्टी एमाले र माओवादी केन्द्रमा विभाजित भए पनि प्रचण्डले सरकारको समर्थन फिर्ता नलिएकोले बहुमतको संयुक्त सरकार नै भएको बताउदैं अर्को सरकार गठन नभएका स्पष्ट पार्नु भयो । एउटा पार्टीको सरकारमा अर्को पार्टीको समर्थन भएका बेला हामी सरकारमा जाने कुरै नहुने उहाँको भनाई थियो । ‘प्रचण्ड जीले समर्थन फिर्ता लिनु भएकै छैन, त्यसैले यो अहिले संयुक्त सरकार भयो । संयुक्त सरकार भने पछि बहुमतको सरकार भयो ।’–देउवाले भन्नु भयो । प्रधानमन्त्री ओलीको बहुमतको सरकार भएकोले कसैले चाहदैमा नयाँ सरकार गठन नहुने उहाँको भनाई थियो ।