धरान मेघा कलेजका खेलाडी कविन मगरको उत्कृष्ट प्रर्दशनले काठमाण्डौमा आयोजना भइरहेको २३ वर्ष मुनिका यु २३ रोयल बास्केटवल प्रतियोगितामा मेघा कलेजले विजयी सुरुवात गरेको छ ।
सोमवार भएको पहिलो खेलमा टिमलाई जिताउन कविनले व्यक्तिगत १४ अंक जोड्नु भयो । धरान मेघा कलेज र काठमाण्डौका झिलिमिलि बास्केटवल क्लव विच भएको प्रतिश्पर्धात्मक खेलमा मेघा कलेजले ५६–४५ अंकको अन्तरले झिलिमिलिलाई पराजित गरेका छन । खेलमा मेघा कलेज र भिलिमिलिले प्रत्येक क्वाटरमा १०–१०, १९–९, १५–१४, र १२–१२ अंक जोडेका थियो ।
यहि चैत्र ८ गते देखि रोयल एकेडेमिको आयोजनामा २३ वर्ष मुनिका रोयल बास्केटवल च्याम्पियनशिप आयोजना भइरहेको छ । धरान उपमहानगरपालिकाको प्रतिनिधित्व गर्दै धरान मेघा कलेज बास्केटवल टिमले प्रतियोगितामा सहभागि जनाको छ । दोस्रो खेल मेघा कलेजले मंगलवार टाइम्स इन्टरनेशनल कलेज संग प्रतिस्पर्धा गर्नेछ ।
धरान मेघा कलेज टिममा कविन मगर, सन्तोष तामाङ, सरोज राई, साहिल तामाङ, सुजन राई, सुसन श्रेष्ठ, जोमन राई, दिवस राई, मौसम राई, रोहन श्रेष्ठ, मानवहादुर दर्जी, निसाम तामाङ र प्रशिक्षकमा हेमन्त राई र युगल लिम्वु रहेको छ ।