धरान / धरान जेसीजले संसदीय सभा प्रणालीबारेमा तालिम आयोजना गरेको छ । धरान जेसीज लगायत अन्य शाखाहरुका अध्यक्ष तथा पदाधिकारीलाई दिईएको उक्त तालिमका प्रमुख प्रशिक्षक राजविमल श्रेष्ठ रहनु भएको थियो ।
बैठक के हो ? र किन गरिन्छ ?, बैठक कति प्रकारको हुन्छन् ? बैठक सञ्चालन गर्ने विधिहरु तथा बैठकमा आवश्यक पर्ने कुराहरु लगायतका विषयमा आयोजित उक्त तालिमले सहभागीहरुलाई निकै ज्ञान भएको उर्लाबारी जेसीजका अध्यक्ष अशोक धिमालले बताउनुभयो । बिराटनगर, उर्लाबारी, इटहरी, इटहरी लेडी, दुहबी, झुम्का, धनकुटा लगायतका जेसीजहरुका अध्यक्ष र पदाधिकारीहरु संलग्न उक्त तालिममा प्रशिक्षकका रुपमा मोहन श्रेष्ठ र गौरव सन्जेल रहनुभएको थियो ।
नेपाल जेसीजको क्षेत्रीय तालिम प्रतिष्ठान धरानमा रहेको र धरान जेसीजले हरेक वर्ष यस्ता तालिमहरु आयोजना गर्ने गरेको धरान जेसीजका अध्यक्ष मणिराज अधिकारीले बताउनुभयो । जेसीजका सदस्यहरुको नेतृत्व र व्यक्तित्व विकासका लागि तालिमका नै उत्तम माध्यम रहेको अधिकारी बताउ“छन् ।