धरान / जी.पी. कोइराला फाउण्डेशनले अनाथ वालवालिकालाई खाना खुवाएको छ । लोकप्रिय पूर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको ११औं स्मृति दिवसको अवसरमा फाउण्डेशनले धरानस्थित सरस्वती वाल अनाथ आश्रमका वालवालिकाहरुलाई खाना खुवाएको हो ।
सो अवसरमा नेपाली कांग्रेस सुनसरीका सचिव एवम् प्रवक्ता सुजेन्द्र तामाङ, जिल्ला सदस्य एवम् फाउण्डेशनका सुनसरी अध्यक्ष चन्द्रशेखर लामा, जिल्ला सदस्य निलकुमारी गिरी थापा, प्रदेश १(१) का सदस्य राजु साह र सुमित तामाङ, नगर सचिव युवराज शंकर, फाउण्डेशनका सुनसरी सचिव प्रा. गंगाप्रसाद चौलागाई, नेपाल महिला संघका प्रदेश १(१) का सभापति निर्मला नेपाल, शान्ति लिम्वु लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा आश्रमका सचिव मनिष खड्गीले धन्यवाद ज्ञापन गर्दै आश्रमको स्मारिका समेत प्रदान गनुृ भएको थियो । अध्यक्ष लामाले नेपाली राजनीतिका शिखर पुरुष स्व. कोइरालाले शान्ति स्थापना र संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणमा खेलेको भूमिकाको स्मरण गर्दै उहाँको नाममा खाना खुवाइएको बताउनु भयो ।162026905_503969670607865_4369223080034766084_n