धरान / प्रेस चौतारी नेपाल सुनसरीले नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा श्रमजीवी पत्रकारको पक्षमा सदैव वकालत गर्ने साझा उम्मेदवार बनाउन सुनसरीका सबै संगठनहरुसँग सहकार्य गरेर अघि बढ्ने निर्णय गरेको छ ।
पेसागत हकहित र स्थानीय संचारगृहहरुको आर्थिक सवलताका लागि वकालत गर्ने साझा उम्मेद्वार खोजी गरि अगाडीबढ्ने निर्णय गरेको हो ।
आज धरानमा बसेको संगठनको ३१ औं बैठकले यस्तो निर्णय गरेको हो । बैकठले रिक्त रहेको पदमा नयाँ मनोनयनसमेत गरेको छ ।
संगठनको संयोजकमा सुनसरीका अग्रज पत्रकार प्रेम बास्तोलालाई मनोनयन गरेको छ । सह संयोजकमा योगेशवाबुकाफ्ले र सहसचिवमा पप्ु यादवलाई मनोनयन गरिएको संगठनका सचिव विकास चाम्लिङ राईले जानकारी दिनु भयो ।
कमिटीलाई पूर्णता दिदैं ३२ सदस्यीय समिटी बनेको सचिव राईले जानकारी दिनुभयो । संगठनमा निष्कृय रहेकाहरुलाई विदाई गरेर नयाँ थपिएको हो । बैठकले संगठनका अग्रजहरु रहेको पत्रकार महासं.घ निर्वाचन तयारी तथा अन्य संगठनसँग सहकार्यका लागि समिति समेत बनाएको संयोजक बास्तोलाले जानकारी दिनु भयो । समितिले पत्रकार महासंघमा संगठनको उपस्थिति र अन्य संगठनहरुसँग सहकार्यका लागि भूमिका निर्वाय गदैं श्रमजिवी पत्रकाहरुको हकहितका मुद्धा तय गर्न र कार्ययोजना निर्माण गर्ने जिम्मेवारी दिइएको संयोजक बास्तोलाले जानकारी दिनुभयो ।
बैठकमा संगठनका केन्द्रीय सदस्य देवेन्द्र कार्की, पत्रकार महासंघ प्रदेश सदस्य तथा प्रेस चौतारीका नेता शशी कोइरालायलगायतको उपस्थिति रहेको थियो ।

महासंघमा पुगेर पद भजाएर खानेहरुदेखि पत्रकार महासंघका साधारण सदस्यहरु अव सचेत हुनु पर्ने बैठकमा मन्तव्य राख्ने अतिथिहरुले व्यक्र गर्नु भएको थियो । महासंघको नेतृत्व कस्तो हुनु पर्छ र अवको नेतृत्वको कार्यभारको विषयमा कार्ययोजना बनाएर संगठन अघि बढ्ने संगठनका केन्द्रीय सदस्य देवेन्द्र कार्कीले जानकारी दिनुभयो । देशैभरी अग्रगामी शक्तिहरुसँग सहकार्य गरेर महासंघको निर्वाचनामा जाने उहाँले बताउनु भयो । 

यसै विच संगठनले विज्ञप्ति जारी गरि नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा प्रेस चौतारी नेपाल सुनसरीले आधिकारिक रुपमा कुनै पनि व्यक्तिलाई सुनसरीको नेतृत्वका लागि अगाडि नसारेको र छलफलको क्रममा रहेको स्पष्ट पारेको छ । प्रेस चौतारी नेपाल सुनसरी नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा श्रमजीवी पत्रकारको पक्षमा सदैव वकालत गर्ने साझा उम्मेदवारको घोषणाका लागि सबै पक्षधर सञ्चारसम्बद्ध संघ संगठनसँग निरन्तर सम्वाद र छलफलमा जुटिरहेको जनाएको छ । संगठनका संयोजक बास्तोला र सचिव विकास चाम्लिङ राईले विज्ञप्ति जारी गरि जिल्लाभरका सञ्चारकर्मीहरुलाई भ्रममा नपर्न अपिल समेत गरिएको छ ।