धरान / नेकपा एमाले धरान उपमहानगर कमिटीको शनिबार बसेको सचिवालय बैठकले नगर कमिटी तथा सचिवालय विस्तार गरेको छ ।

धरान–१ स्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले नगर कमिटीमा १ सय ९९ सदस्य थप गरेको छ ।त्यस्तै बैठकले नगर सचिवालयलाई ५९ सदस्यीय बनाएको छ । बैठकले चैत्र १४ गते नगर कमिटीको विस्तारित बैठक गर्ने भएको छ । एमाले नगर कमिटीका सचिब राजमणि निरौलाका अनुसार पार्टीलाई एकिकृत गरि क्रियासिल बनाउन वडा भेला लगायतका कार्यक्रमहरु तिव्र रुपमा सञ्चालन गर्ने निर्णय सचिबालय बैठकले गरेको छ ।

सर्बोच्च अदालतको फैसलापछि पार्टिी भित्र देखिएका अन्योलता र समस्याहरु हटाउने तथा कार्यकर्ताहरुलाई गुटगत कार्य तथा गतिबिधिमा सजग रहन सचेत गराउन पनि वडा वडामा भेला तथा कार्यक्रमहरु गर्न लागिएको एमाले धरान नगर कमिटीका अध्यक्ष नारायणप्रसाद सुबेदीले जानकारी दिनुभयो ।

सचिवालय बैठकमा जिल्ला कमिटीका सचिवालय सदस्यहरु पदमप्रसाद लिम्बु,नरेश इवारम,बेणु काफ्ले,रेवतीरमण राई,इन्द्रबहादुर राई,मणिराम राईलगायतको उपस्थिती रहेको थियो । बैठकले आधिकारीक एमाले नारायण सुवेदी नेतृत्वको कमिटी भएको भन्दैं तल्लो तहका कार्यकर्ताहरुमा भएको अन्यौलता हटाउन व्यपक रुपमा वडा वडामा कार्यकर्ताहरुपरिचालन गरिएको समेत सचिव निरौलाले जानकारी दिनुभयो ।