धरान  / प्रथम प्रदेश १ स्तरीय वराह गु्रप महिला पुरुष अन्तर कलेज वास्केटवल प्रतियोगिताको उपाधी डिपो क्याम्पस र महेन्द्र बहुमुखी क्याम्पस धरानले जितेको छ । धरानको मेघा कलेजको खेल मैदानमा विहिवार भएको फाइनल खेलमा डिपो क्याम्पसले महिला तर्फको र महेन्द्र क्याम्पसले पुरुष तर्फको उपाधि जितेका हुन ।
विजेता महिला टिमले नगद १० हजार उपविजेता टिमले नगद ५ ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन । पुरुष तर्फका विजेता टिमले नगद १५ हजार र उपविजेता टिमले नगद ७ हजार ५ सय रुपैया, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिका प्रमुख तिलक राई, कार्यक्रमका सभाध्यक्ष नेपाल बास्केटवल संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामा, वराहगु्रपका पव्लिक रिलेशन अफिसर सुरेन्द्र सिंह विश्वकर्मा, नेपाल ख्रिट्रियन समाजका केन्द्रिय सचिव कुवेर गुरुङ्ग, युवा नेता पुर्ण भुजेल चिन्तन, युवा नेता भुवन याक्खा, धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्वु लगायतले पुरस्कार वितरण गर्नु भयो ।
महिला तर्फको फाइनल खेलमा डिपोले विष्णु मेमोरियल स्कुललाई ४२–६ र पुरुष तर्फ महेन्द्रले डिपो क्याम्पसलाई ४३–३७ अंकले पराजित गरेका थिए । खेलमा डिपो र विष्णु स्कुलले प्रत्येक क्वाटरमा १०–२,८–०,११–२ र १३–२ र पुरुष तर्फको खेलमा महेन्द्र र डिपोले प्रत्येक क्वाटरमा ८–६,१२–३,१३–८ र ११–२० अंक जोडेका थिए ।
लियालिसा र सन्तोष थ्री पोइन्ट च्याम्पियन
यस्तै प्रकाश पौडल थ्री पोइन्ट कम्पिटिसनका विजेता डिपोकी लियालिसा श्रेष्ठ र धरान मेघा कलेजका सन्तोष तामाङ्ग हुनु भएको छ । महिला तर्फको कम्पिटिसनमा लियालिसाले ६ थ्री पोइन्ट सट र पुरुष तर्फ सन्तोषले ४ थ्री पोइन्ट सट बास्केट गर्नु धभएको थियो । ए । विजेताले जनही नगद तीन हजार रुपैया, ट्रफि, प्रमाण पत्र, सप अर्डरका डिस्काउन भौचर र डिमाण्डु ज्वाइ खानाको ५ सय रुपैया वरावरको कुपन प्राप्त गर्नु भएको छ । कम्पिटिसनमा पुरुष तर्फ १३ जना र महिला तर्फ ३ जना खेलाडीहरुले सहभागिता जनाएको थियो ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी डिपोका कविन मगर र महिला तर्फ लियालिसा श्रेष्ठ घोषित हुनु भयो । हाइस्कोरर महेन्द क्याम्पसका सर्वोधन राई र डिपोकी सितल तामाङ्ग, उदयीमान खेलाडी सियोनका साहिल तामाङ्ग र विष्णुकी निभा चेम्जोङ्ग र फाइनल खेलको म्यान अफ द म्याच महेन्द्रका गौरभ ओझा र विष्णुकी लिङवा मावोहाङ घोषित हुनु भयो ।
धरान बास्केटवल संघको आयोजना, वराह गु्रपको मुख्य प्रायोजन तथा सुनसरी बास्केटवल संघ र धरान उपमहानगरपालिकाको सहयोगमा सपन्न प्रतियोगितामा प्रदेश १ भरिका १३ पुरुष र ६ महिला टिमले सहभागिता जनाएको थियो ।

 


तस्विरः संजय याक्खा