धरान / धरानको भानुचोकस्थित तेह्रथुमे होटलबाट ब्राउन सुगरसहित एक भारतीय दम्पत्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

भारतको दार्जिलिङबाट, मिरिक ८ का विमल घले र पुण्य तामाङलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिनुभयो।
उनीहरुको साथबाट ६ ग्राम ब्राउन सुगर पनि वरामद भएको थियो । उनीहरु लागुऔषध बेचबिखन गर्न भातबाट आएको भन्नेप्रहरीले सूचना पाए पछि उक्त होटलमा हिजो दिउसो होटलमा छापा मारेको थियो । उनीहरु होटलको १०६ नम्बर कोठाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुको विषयमा थप अनुसन्धान भईरहेको डिएसपी बस्नेतले जानकारी दिनुभयो । उनीहरुको अन्य साथी पनि हुने सक्ने प्रहरीले आसंका गरेको छ ।