धरान / प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले पार्टी नेतृत्वका विरुद्ध आफूखुसी गुटगत भेला नगर्न–नगराउन निर्देशन दिनुभएको छ । त्यस्ता भेलामा नजान पनि नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा मंगलबार आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले वरिष्ठ नेता माधव नेपाल–झलनाथ खनाल समूहले आह्वान गरेको भेलामा सहभागी नहुन निर्देशन भन्नु भएको हो ।

कानुनका नजरमा सबै समान हुने भन्दै उहाँले निर्देशन विपरीत गुटगत भेला भएमा कारबाही हुन सक्ने संकेत पनि गर्नु भयो ।

‘पार्टी एकताको पक्षमा बस्न आग्रह गर्न चाहन्छु । र, त्यस्ता गुटगत भेलाहरूमा सरिक नहुन पनि म तमाम कार्यकर्तालाई आग्रह गर्दछु । यस पार्टीमा कसैमाथि अन्याय हुँदैन ।’–उहाँले भन्नु भयो ।

उहाँले पार्टी एकताको पक्षमा उभिन पनि नेपाल समूहलाई आग्रह गर्नु भएको छ । उहाँले विगतमा जस्तै तमासा गर्ने छुट अब नहुने उहाँकोभनाइ छ ।
नेपाल झननाथ समुहले चैत ४ र ५ गते राष्ट्रिय भेलाको आव्हान गरेको छ । जिल्ला प्रदेशका पदाधिकारी, भात्रृसंगठनका केन्द्रीय सदस्यहरुलाई भेलामा सहभागी हुने सूचना जारी गरिसकेको छ ।