धरान / विजयपुर खवर डट कम र हार्ट एफएम ८७.६ मेगाहर्जको सयुक्त आयोजनामा धरानमा भएको प्रदेश स्तरिय तीनदिने आधारभुत पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ ।
स्वतन्त्र ,निस्पक्ष र सिर्जनशील पत्रकारिता आजको आवश्यकता भन्ने मुल नाराका साथ आयोजना गरिएको तालिममा झापा मोरङ सुनसरी, उदयपुर, धनकुटा, सप्तरी, सिरहा, इलामलगायतठाउँबाट ४० भन्दा बढि युवायुवतीहरुको सहभागीता रहेको तालिमका संयोजक तथा विजयपुर खवरका सहसम्पादक कुवेर गुरुङले जानकारी दिनुभयो ।
सहयोगी संस्था सि.ईं नेपालका प्रतिनीधिसमेत रहनु भएका कुवेर गुरुङको अध्यक्षतामा भएको समापनमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका रजिष्टार प्राडा. मोहनचन्द्र रेग्मीको उपस्थितिमा सहभागीहरुलाई प्रमाण् पत्र वितरण गरिएको थियो । उहाँले प्रमाण् पत्र वितरण गदैं अवको १० बर्ष पछि जसलाई प्रमाण् पत्र वितरण गरिएको उहाँ नेपाल कै उत्कृष्ट पत्रकारको रुपमा देख्न पाउने आशा रहेको बताउनु भएको थियो ।

image0
समापनमा प्रशिक्षकको तर्फबाट नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष राजेश विद्रोहीले तालिम पछिको सहभागीहरको कार्यभारबारे बताउनु भएको थियो । सहभागीहरुलाई बाटो देखाउने काम भएको छ । अव तयो बाटो हिड्ने नहिड्ने तालिममा सहभागीमा निर्भर हुने उहाँको भनाई थियो ।

तालिमकोे सहजिकरण बिद्रोही , नयाँ पत्रिका दैनिकका पत्रकार देवेन्द्र कार्की, र महेन्द्र बहुमुखी क्याम्पस धरानका पत्रकारिताका उपप्रध्यापक किशोर थुलुङ्, सि.इ. नेपालका प्रशिक्षक , बिजय कार्की र फुर्वा शेर्पाले गर्नु भएको थियो । कार्यक्रमको संचालन हार्ट एफएमका स्टेसन मेनेजर रमेश राईले गर्नु भएको थियो । 160954135_2499687560338817_3624730641002375606_n kuber IMG_0709 image4 image6 image3