काठमाडौँ /  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था राम्रो भएको पाइएको छ ।  नियमित स्वास्थ्य परीक्षणका क्रममा थाइल्याण्डको बैककमा जानु भएको अध्यक्ष ओलीको स्वास्थ्य अवस्था राम्रो भएको उहाँका स्वकीय सचिव एलिस दाहालले जानकारी गराए ।
‘‘अध्यक्षज्यूको एउटा परीक्षण बाँकी छ । सबै रिर्पोट राम्रो देखिएको छ’’ दाहालले भने–‘‘उहाँको स्वास्थ्य अवस्था सोचेभन्दा राम्रो छ ।’’
अध्यक्ष ओली स्वास्थ्य परीक्षणका क्रममा अहिले बैककको वुमरुमगाड अस्पतालमा स्वास्थ्य परीक्षण गराइरहेका छन् ।
निर्वाचनको दौडधुपका कारण चिकित्सकको सल्लाहअनुसार उहाँ स्वास्थ्य परीक्षण गराउन बँकक गएका हुन । उनी यही पुस २६ गते धर्मपत्नी राधिका शाक्यसहित चिकित्सक विद्यासिंह साह र यादव भट्टको साथमा बैंकक गएका थिए । अध्यक्ष ओली आगामी बुधबार स्वदेश फर्कने स्वकीय सचिव दाहालले जानकारी गराए ।

थप उपचारका लागि सीता दाहाललार्इ दिल्ली लगियो

यता माअाेवादी केन्द्रकी सल्लाहकार सीता दाहाललार्इ थप उपचारका लागि आइतबार बिहान नयाँ दिल्ली लगिएकाे छ । नर्भिक अस्पतालले रिफर गरेपछि थप उपचार गर्न दिल्ली लगिएकाे माअाेवादी केन्द्रका अध्यक्ष  प्रचण्डका प्रेस संयोजक मनहरि तिमिल्सेनाले जानकारी दिए ।
लामाे समयदेखि सुगर, प्रेसर, थाइराइडकाे उपचार गराउँदै अाएकी सीतालार्इ पछिल्लाे समय समस्या बढेपछि जाँचका लागि नर्भिक इन्टरनेशनल अस्पताल लगिएकाे थियाे । केही वर्षदेखि नर्भिकमै स्वास्थ्य जाँच गराउँदै अाएकी सीतालार्इ थप उपचारका लागि दिल्ली लैजान अस्पतालले सुझाब दिएकाले लगिएकाे प्रेस संयाेजक तिमिल्सेनाले बताए । छोरा प्रकाश दाहालको निधनपछि उनी सामान्य अवस्थामा आउन सकेकी छैनन् । उपचारका लागि सीतासँगै छोरीहरू रेणु र गंगा पनि गएका छन् ।