धरान / बास्केटवल खेलको राजधानी मानिएको धरानमा प्रदेश १ स्तरिय वराह ग्रुप महिला पुरुष बास्केटवल प्रतियोगिता यही चैत्र २ गतेदेखि हुनेभएको छ ।
धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिका र सुनसरी बास्केटवल संघको सहयोगमा उक्त प्रतियोगिता हुन लागेको हो ।
आयोजकले आज प्रतियोगिताको विषयमा पत्रकार सम्मेलनगरि जानकारी गराएको छ ।
गत वर्ष चैत्र ७ देखि १२ गते सम्म प्रतियोगीता आयोजना गर्ने सम्पुर्ण तयारी भइसके पनि अन्तिम चरणमा विश्वलाई नै आतंकित वनाएका कोरोना भाइरसको महामारीको कारण स्थगित भएको प्रतियोगिता गर्न लागिएको जिल्ला बास्केटवल संघ, सुनसरीका अध्यक्ष नारायण सुवेदिले जानकारी दिनुभयो । धरान १२ स्थित हिमालयन मेघा कलेजको बास्केटवल कोर्टमा आयोजना हुने प्रतियोगीतामा पुरुष तर्फ १३ र महिला तर्फ ६ टिमले सहभागिता जनाउने भएका छन ।
विजेता टिमले पुरुष तर्फ नगद १५ हजार, उपविजेताले नगद ७ हजार ५ सय, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । महिला तर्फ विजेताले नगद १० हजार र उपविजेताले नगद ५ हजार, ट्रफि, प्रमाण पत्र र मेडल प्राप्त गर्नेछ । प्रतियोगीताका उत्कृष्ट खेलाडीले नगद २ हजार , हाइ स्कोररले नगद १ हजार रुपैया र राइजिङ प्लेयरले ट्रफि र प्रमाण पत्र प्राप्त गर्ने कार्यक्रमका सभाध्यक्ष धरान बास्केटवल संघका अध्यक्ष एवं बास्केटवल संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामाले जानकाारी दिनुभयो ।
२३ वर्ष मुनिका खेलाडीहरुले सहभागिता हुन पाउने प्रतियोगितामा धरान , विराटनगर, विर्तामोड र इटहरीका कलेजका टिमले सहभागितामा सहभागीता जनाउने प्रदेश १ का प्रशिक्षक विकास चाम्लििङले जानकारी दिनुभयो ।
सहभागि कलेजहरुमा पुरुष तर्फ धभरानबाट डिपोट, महेन्द्र बहुमुखी क्याम्पस, धरान मेघा कलेज, केन्द्रिय प्रविधि क्याम्पस हातिसार, सियोन, सिटि कलेज, एम्स, सगरमाथा, धरान आर्दश, विष्णु मेमोरियल इटहरी, विर्तामोड, विकेभिएम विराटनगर रहेका छन् । त्यस्तै गरि महिला टिमहरुमा डिपोट , धरान अर्दश, विष्णु, हातिmसार, सियोन र विराट नर्सिङ्ग होम रहेको छ । प्रदेश १ मा कलेज स्तरमा पहिलो पटक हुन लागेको प्रतियोगीताको मुख्य प्रायोजकको रुपमा वराह ग्रुप रहेको छ ।

प्रकाश पौडेल थ्री पोइन्ट कम्पिटीसन र सम्मान
पहिलो प्रदेश १ स्तिरिय वराह महिला पुरुष बास्केटवल प्रतियोगिताको समापनको दिन फाइनल खेल अघि प्रकाश पौडेल थ्री पोइन्ट कम्पिटिसन समेत हुनेछ । नेपालको चर्चित गायक तथा पूर्व बास्केटवल खेलाडी समेत रहेको प्रकाश पौडेलको सहयोगमा थ्री इन्ट सुट कम्पिटिसन हुन लागेको सुनसरी अध्यक्ष सुवेदिले जानकारी दिनु भयो । १ मिनटको समयमा जसले वढि थ्री पोइन्ट एरियावाट बास्केट गर्छ उहि नै विजयी हुनेछ । महिला र पुरुषको छुट्टै प्रतिश्पर्धा गराईने कम्पिटिसनमा विजेताले जनहि नगद ३ हजार रुपैया, ट्रफि र मेडल प्राप्त गर्नेछ ।

यसै गरि समापनको दिन नै बास्केटवल खेल विकासमा अतुलनिय योगदान पुर्याउनुहुने धरान १८ रत्न चौक निवासि स्व। कुलवहादुर सेनिहाङ्ग लिम्वुलाई सम्मान समेत गरिने भएको छ ।