प्रधानमन्त्रीसमेत रहनु भएका केपी ओलीले माधव नेपाल निकटका नेताहरुको जिम्मेवारी खोसेर आफु निकटलाई जिम्मेवारी दिए पछि त्यसको काउन्टरमा माधव नेपाल तथा झलनाथ खनाल पक्षले समानान्तर कमिटी विस्तार गरेको छ ।
नेकपा एमाले केपी शर्मा ओलीले हटाएका नेताहरुलाइ समेटेर नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल समूहले समानान्तर कमिटी विस्तार गरेको हो ।

अध्यक्ष ओलीले माधव झलननाथ पक्षीय नेतालाई हिजो पदच्युत गर्दै कमिटी विस्तार गर्नु भएको थियो । नयाँ बानेश्वरस्थित अर्याल होटलमा आज बसेको नेपाल समूहको केन्द्रीय सदस्यको बैठकले सात प्रदेशका इन्चार्जसहित विभिन्न विभागको समानान्तर जिम्मेवारी तोकेको छ ।

नेपाल–खनाल समुहले प्रदेश– १ को संयोजनको जिम्मा भीम आचार्यलाई दिएको छ । प्रदेश– २ को संयोजक घनश्याम भुसाललाई र बागमती प्रदेशको जिम्मेवारी अष्टलक्ष्मी शाक्यलाई दिइएको छ । यस्तै गण्डकी प्रदेशको जिम्मा सुरेन्द्र पाण्डेलाई लुम्बिनी र कर्णालीको जिम्मा युवराज ज्ञवालीलाई तथा प्रदेश ७ को जिम्मा भीम रावललाई दिइएको छ ।

प्रचार विभागको जिम्मा योगेश भट्टराईलाई दिइएको छ । युवा विभागको जिम्मा रघुजी पन्त, विद्यार्थी विभागको जिम्मा गोकर्ण विष्ट, बुद्धिजीवी विभागको जिम्मा प्रमेश हमाललाई र महिला विभागको जिम्मा अष्टलक्ष्मी शाक्यलाई दिइएको छ । देवभरी केपी पक्षधरले नेकपा हुदाका कमिटलाई विस्तार गर्न थाले पछि माधव नेपाल पक्ष पनि एक्सनमा उत्रिएको क नेताले जानकारी दिनुभयो । दुवै पक्षको आफ्नै कमिटी बन्न थाले पछि अव एमाले फुटको संगारमा पुगेको बताइएको छ ।